राप्रपा पर्यटन विभागको प्रमुख विजय खडकाको सिफारिसमा राप्रपा अध्यक्ष @RajendraLingden ले विस्तार गर्नु भएको छ।नवनियुक्त सदस्य सचिव लगायत सदस्यज्युहरूमा हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना ।
दिनलाई मनग्गे नकारात्मकताको उदाहरण गणतन्त्र पछिका यो दुई दशकमा छन्। राजा र राजाको संक्षिप्त शासनको पूर्वाग्रही र अतिशयोक्तिपूर्ण ‘माइण्ड सेट’ बनाएर जतिखेर पनि राजालाई जोड्नु दुर्भाग्यपूर्ण छ।
यस सन्दर्भमा नयॅा रास्वपा भन्दा पुराना कांग्रेस, कम्युनिष्ट अझ खराब छन् !
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री , प्रदेश सभा खारेजी ,पुर्ण समानुपातिक निर्वाचन प्रणाली , स्थानीय तहकाे संख्या कटाैती ,दलविहीन स्थानीय तह , सांसद मन्त्री हुन नपाउने रास्वपाकाे महत्त्वपूर्ण राजनीतिक कार्यपत्र । विगतमा राप्रपाले यि सवै उठान गरिसकेको विषय हाे।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भोलि असार ५ गतेबाट शुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने विभिन्न एजेण्डाहरुमाथि छलफल हुनेछ।
राप्रपाकाे केस वैठकमा पार्टीलाई उठाउन दृढतापुर्वक अघि वढनुपर्ने, जुँगाकाे रेखी वसेदेखि आजपर्यान्त कुनै लाभको पदमा नवसी पार्टीको खम्वा वनेर उभिने नेता कार्यकर्तालाई अवसर दिनुपर्ने तथा सामाजिक सञ्जालमा पार्टी र नेतृत्वकाे विरूद्धकाे अनर्गल प्रचारलाई चिर्नुपर्ने धारणा व्यक्त गरियाे।
राष्ट्रिय प्रजातान्त्रिक भूतपुर्व सैनिक संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएकोमा राजेश चन्द कर्सावलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
आज सम्पन्न भएको राप्रपा गोरखा जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएका रमेशरमण खनाल लगाएत सम्पुर्ण पदाधिकारी सदस्यहरूमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना।
प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो त्यो आपत्तिजनक छ। भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयॅा नभएपनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ।
यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपा प्रधानमन्त्री एवं नेपाल सरकारसंग मांग गर्दछ।
साथै, यस सम्बन्धमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्दछ।
नेपालमा क्यान्सरका बिरामीका लागि अति आवश्यक किमोथेरापी औषधिहरू विशेषगरी ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’को बजारमा अभाव भएका कारण बिरामीहरूको उपचार रोकिएको र उनीहरुको जीवन जोखिममा परेको समाचार आइरहेको छ।
म तत्काल अत्यावश्यक औषधिहरुको व्यवस्थाका लागि औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय र समग्र नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।
#DrArunShahi #CancerVictimNepal
राजधानी छिर्ने मुग्लिन-नागढुंगा सडकखण्ड सुधारका लागि सरकारले हतारोमा काम गरिरहेको होला भन्ने अपेक्षा राख्दछु।
वर्षात अगावै यो सडकखण्डमा यथोचित सुधार नभए आवतजावत एकदमै कष्टकर र अप्रिय हुने निश्चित छ।
सरकारको ध्यानाकर्षण गराउँदछु ।
@ShahBalen@PM_nepal_
निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न जेठ १ गते शुक्रबार बिहान ११:०० बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ।