द्वन्दकालको बाछिटा एउटा वर्गले लोकतन्त्रमै पनि कसरी झेलेको छ भन्ने जीवन्त तस्विर देखि जाती विभेद र विकट नेपाल देखाउन सफल “प्रकाश” हेरेर नेपाली चलचित्र अब साच्चैकै समाज देखाउन सफल छन् भन्ने मान्न सकिन्छ | धन्यवाद @iamdineshraut
नेपाली चलचित्र 'प्रकाश' राम्रो लाग्यो।दिया मास्के र प्रदिप खड्का लगायत सबै कलाकारहरुको अभिनय जीवन्त छ।नेपाली समाजमा विद्यमान विभेद र शोषणलाई निर्देशकले सशक्त ढंगबाट प्रस्तुत गरेका छन्।जुम्लाको जनजीवन,भाषा र वातावरण सजिव लाग्दछ।कथावस्तु राम्रो,प्रस्तुति अलि सुस्त छ
समग्रमा⭐⭐⭐⭐
@serratiasitatia साथीलाई लिएर हेर्न जाने खालको फिल्म हैन 😊यो फिल्म हेर्नलाई जादै हुनुहुन्छ भने आमा बाबालाई लिएर जानोस्। कतै शहरमा पढ्ने सिलसिलामा हुनुहुन्छ भने पढ्ने मिलनसार र प्रबुद्ध साथीलाई लिएर जानोस्। नेपाली फिल्म 'प्रकाश' हेर्न लायक चलचित्र हो।
'प्रकाश' एउटा इमानदार प्रयास
- कसिलो पटकथा, सरल ढंगमा भनिएको कथा, सशक्त संवाद र कलाकारको उम्दा अभिनयले फिल्मका कमजोरीलाई गौण बनाइदिएको छ । @reena_moktan
https://t.co/ZsqAiUqG0T
Nepali cinema industry may not have given super hits in the recent times, but it is definitely becoming a chain breaker by showing us wonderful movie like #Prakash. Deeya Maskey & Prakash Ghimire are phenomenal & also, proud of Pradeep Khadka. Loved the movie for a change. 👏
कुनै पनि सिनेमामा अभिनय, छायाकंन, निर्देशन, पार्श्व सङ्गीत, सबै पछि आउँछन् । सिनेमा तबसम्म बलियो बन्दैन जबसम्म पटकथा बलियो हुँदैन । झुर सिनेमा, राम्रो पटकथा हुनसक्छ । तर राम्रो सिनेमाको लागि, गज्जब पटकथा हुनैपर्छ ।
This is a Bikash Subedi (Writer of Prakash) appreciation post.
'प्रकाश'ले रूवाइ दियो!
आज म/मेरी श्रीमतीले प्रकाश हेर्यौँ।अनेक स्वदेशी/विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले रूवाई दियो!आधा स्कूले जीवन सु. पश्चीममा टुकी बालेर सिनेमामा देखाइए जस्तै स्कूलमा पढेको हुनाले पनि सिनेमाले मेरो भावनासँग बढी तादात्म्य राखेको हुनसक्छ।++
प्रकाशमा हाम्रै कथा छ। जीवन्त पात्र छन्। कथासँग जोडिएको वेग-संवेग छ। बाचन पनि अब्बल छ। सम्पादन अलिक चुस्त भएको भए अझै दिलखुश हुन्थ्यो। @iamdineshraut जी राम्रो फिल्म बनाएकोमा धन्यवाद। 🙏
राम्रा बनेको फिल्म पनि हेर्न नगएर नेपाली फिल्म गतिलै बन्दैनन् भनेर आलोचना गर्ने दर्शकको अलिकति झाँको झारौँ तर हलमा फिल्म हेरेर चित्त नबुझाएका दर्शकलाई भने तिमीहरूले फिल्म नै बुझेनौ भनेर उनीहरूको ज्ञानलाई पनि अवमूल्यन नगरौँ ।
https://t.co/4iCr3qZzc1
पछिल्लो एक दशक बिश्ब सिनेमा मा नेपाली कथाको उपस्थिति उत्साहपूर्ण छ ! तर अब हामी बिश्बलाई कस्तो नेपाल र नेपाली कथा देखाउन चाहान्छौ ? यस्तै रहे नेपाली कथाहरुले जित्दा नेपालले हार्न सक्छ ।