इतिहासको गौरवले मात्रै भविष्य सुरक्षित हुँदैन। इतिहासलाई सम्मान गर्ने सबैभन्दा राम्रो उपाय वर्तमानलाई बलियो बनाउनु हो। अन्यथा, इतिहास लेख्ने पार्टी आफैं इतिहासको उदाहरण बनेर सीमित हुने खतरा रहन्छ।
“जसरी पनि मिल्नुपर्यो, पुरानोलाई हराउन।
तर जितेपछि? दृष्टि कहाँ? नेपाल कस्तो? चुनाव जित्नै मुख्य उद्देश्य, नीति त पछिको कुरा।
प्रधानमन्त्री बन्ने खेल—पहिला तपाईं, पछि म।
सिद्धान्त? त्यो त केवल शब्दहरूमा सीमित।”
यस्तो नै छ हाम्रो राजनीति सत्ता र स्वार्थको खेल, सिद्धान्तको नाममा!