भन्छु ल
एउटा कुरा
मनमा कति भो पलाएको
फक्रिएको झ्यागिएको
पत्रपत्रमा छरिएर
सीतले सिंजिएको
वायुमा सहलिइ
माटोले छ अंगालेको
भित्रीइई स्पन्दनहरुले समाई
यो मेरो माया
भन्छु ल ।। #TweetKavita
जीवन सिकाइ
समयले अनुहारको
रंग फेरेपछी
अन्योन्याश्रितहरु
ओझेल परेपछि
समाएको हातले
सबै खोसेपछि
मतलबी संसारमा
सब पराया भएपछि
गुनासो के गर्नु र
यसरीनै चलेपछि ।। #TweetKavita
कथा!
सुन्नेलाई सुनको माला
भन्नेलाई फुलको माया
नभैदेको भए के हुन्थ्यो?
कथा हुन्थेन
कथाकार हुन्नथ्यो!
तेसैले
हामी एक अर्काको
कथा सुनौ,
कथा बनाऔं ।। #TweetKavita
सत्य सेतो हुन्छ!
मैले उस्लाई सोधें सत्य कस्तो हुन्छ
उस्ले भन्यो सेतो
रंग, त्यो पनि सेतो?
हुनुनैथियो भने
रातो, हरियो, बैजनी, निलो, सुन्तला, पहेंलो
यि कुनै हुन सक्थ्यो, सेतै किन?
अब उस्ले सोध्योे
थाहा छ सेतो कसरी बन्छ?
म केही बोलिन, सुन्य भएँ ।। #TweetKavita