हाम्री देवीले हाम्रो कल्याण गरून्!
यो तस्बिरका बारेमा एउटा स्पष्टीकरण पनि चाहिन्छ जस्तो लाग्यो।
हामीले आफ्नै अनुहारका र आफ्नै पृष्ठभूमिमा र आफ्नै सांस्कृतिक बिम्बहरूले सजिएका देवी देवता देख्नै पाएका रहेनछौँ, पुझ्नै पाएका रहेनछौँ। भारतीय कलाकारहरूले आफू खुसी बनाएका चुच्चा चुच्चा हिमाल, वा जगमग ज्योतिका पृष्ठभूमिमा सुनका हात हतियार बोकेका, अस्वाभाविक मुख मण्डल भएका देवी देवता देखेर नै हामीले देवताप्रतिको छवि बनाएका रहेछौँ।
झन्डै २५ वर्षअघि हिमाल एसोसिएसनबाट @KanakManiDixit र मैले सुरु गरेको "हाम्रा देवीदेवताको छवि" को अभियान कलाकार सुभाष राई अमेरिका गएपछि र कमलमणि दीक्षितले जुटाइदिनु भएको स्रोत सकिएपछि यत्तिकै सेलाएको थियो। अहिले यन्त्रमेधाको सहयोगमा म भित्रको अकुशल कलाकार फेरि जुर्मुराएको छ।
प्रस्तुत चित्रमा भएकी देवीको अनुहार जानाजान कसैसित मिलाउन खोजिएको होइन। उनको तस्बिरको पृष्ठभूमिका लागि मनकामनाको मन्दिर, ढाकाको परिधान, नेपाली कहना र रुद्राक्षको माला अनि सिंहको साटो हिम चितुवा रोजिएको मात्र हो।
अरू पनि मसिना केही डिटेलहरू पाउनुहुनेछ।
कम्तीमा देवताहरू त हामीसित मिल्दाजुल्दा होऊन् न!
यसो हेर्दा अबको १०-१५ वर्षपछि मन्दिर जाने, श्रद्दाका साथ पुजा गर्ने/पाठ लगाउने चलन पनि बिलाएर जाला जस्तो लाग्दैछ।
जेन α हरूलाई मन्दिरप्रति न चासो छ, न आस्था नै ।
जेन z हरु उहि टिकटक बनाउन जाने हुन, डाइटिङ हुन्छ भनेर व्रत बस्ने हुन्।
GenY ले मात्र के के धान्नु ? 🫢🙊
#दशैँमौसम 🌤️ हिजो कतै हल्का वर्षा भयो। आज पनि केही ठाउँमा बादल र हल्का वर्षाको सम्भावना छ। अलि चिसो भए पनि मौसम गज्जब छ! केही दिनदेखि चर्चा गरेको प्रणालीले पछि मौसम बिगार्न सक्ने संकेत छ, तर प्रभाव अनिश्चित छ। अपडेट गर्नेछु। शुभ दशैँ! 🙏
Cloud and rainfall with current cloud👇
उसै त नेपाली, तेसै माथी फोटा बनाइदिने AI पा'का !!
ओहो... दशैंका शुभकामना ग्रिटिङ् कार्ड !!
फोटै हालिसकेपछि आफू आफै जस्तो देखिएको छु कि नाइ पनि यसो हेरे हुने नि !! एक जना चिनिराको' दाइको फोटो हेरेर धन्न मुर्छा परिन !!🙊🙊
#WeatherWatch आजको पूर्वानुमान हिजोभन्दा फरक छ। बंगालको खाडीबाट एउटा न्यूनचापीय प्रणाली नेपालतर्फ आउने संकेत छ, तर सम्भावना निकै कम छ। यो १५ दिनपछिको पूर्वानुमान भएकाले फेरिन सक्छ। निगरानीका लागि मात्र राखेको हुँ। नआत्तिनुहोस्, दशैँ मस्तले मनाउनुहोस्! 🙏
#दशैँमौसम 🌤️🌺
हिजो पनि गण्डकी र कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भयो। आज पनि केही ठाउँमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ, तर समग्रमा मौसम रमाइलो र घमाइलोनै छ।
यहाँहरू सबैको दशैँ सुखद, रमाइलो र शुभ रहोस्! 🙏
Cloud and rainfall measured by the NMD from yesterday👇