Fat isn't just stored energy,it's a whole communication system in your body.
Join NIRI's webinar this Saturday with Dr. Prashant Rajbhandari to learn what adipose tissue is really doing.
📺 Also LIVE on Facebook
#NIRIWebinar#Science#Nepal
बायोमेडिकल उपकरणहरु मर्मत गर्दा कसरी फाइदा हुन्छ भन्ने ४ वटा उदाहरणहरु हेर्नु होस् । यो उदाहरण कसैलाई दोष दिन होइन कि हाम्रा अस्पतालहरुमा यस्तो पनि हुन्छ भन्ने उदाहरण दिनको लागि लेखेको हो । अनि हाम्रो बायोमेडिकल इन्जिनियरहरुले काम गरेको छोटो भिडियो पनि हेर्नु होस् । यो काम पैसा कमाउनको लागि गरेको होइन । सेवाको लागि र अनुसन्धानको लागि गरेको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई पनि धन्यबाद छ 🙏
१. एउटा अस्पतालको Bronchoscope भन्ने एउटा उपकरण बनाउन ७ लाख खर्च लाग्छ भनेर थन्क्याएर राखेका रहेछन । तर मर्मत गर्न कुनै खर्च लागेन ।
२. एउटा अस्पतालको C-Arm भन्ने उपकरण बिग्रेर बसेको रहेछ । नयाँ किन्ने हो भने रु. १ करोड भन्दा बढी लाग्ने रहेछ । तर त्यसलाई मर्मत गर्न जम्मा रु. ५० हजार मात्र लाग्यो ।
३. एउटा अस्पतालको बिग्रेको Autoclave Pre-Vac CSSD बिना खर्च बनाए । नयाँ किन्नु परेको भए ९० लाख रु भन्दा बढी पर्ने रहेछ ।
४. एउटा अस्पतालको करिब ५ लाख पर्ने बिग्रेको Autoclave लाई बिना खर्च बनाए । त्यसको फयुज बिग्रेर थन्किएको रहेछ ।
यस्ता अरु धेरै उदाहरणहरु छन् । अहिले सम्मको आविष्कार केन्द्रको अनुभब अनुसार अस्पतालमा बिग्रेका करिब ५० प्रतिशत जति उपकरणहरु कुनै खर्च नगरिकन मर्मत भएका छन् । करिब ३० प्रतिशत जति उपकरणहरु स्थानीय बजार मै पाइने सामान्य पार्टपुर्जाहरु फेरेर मर्मत भएका छन् र करिब २० प्रतिशत जति उपकरणहरु मात्र विदेश बाट नै पार्टपुर्जाहरु मगाएर मर्मत गर्नु पर्ने हाम्रो टीमले पत्ता लगाएका छन् ।
नोट: यदि कुनै अस्पतालहरुलाई यस्तो सेवा चाहिएमा म महाबीर पुन लाई (9841592361) वा उमेश राई (9801039303) लाई फोन गर्नु होला । सेवाको लागि न्युनतम खर्च बेहोर्नु पर्नेछ किन भने बायोमेडिकल ईन्जिनियरहरुलाई भोकै काम गराउंदा पाप लाग्छ । यो सेवा दिने काम हो। नाफा कमाउने काम होइन ।🙏🙏
लौ हेर्नुहोस् आविष्कार केन्द्र भन्ने तपाइँहरु कै कवाडी कारखानामा बनेको ड्रोन -- राष्ट्रिय आविष्कार केन्द्रमा ९ जना इन्जिनियरहरुको एउटा बलियो ड्रोन टीम छ । त्यस बाहेक अमेरिकाको MIT र नेदरल्याण्डको TU Delft बिश्वबिद्यालयका बिद्यार्थीहरुले पनि सो टीम संग काम गरि रहेकाछन । उनीहरुले बिभिन्न किसिमका धेरै नै ड्रोनहरु बनाएर बिभिन्न जिल्लाको दुर्गम गाउँहरुमा गएर त्यसको बिभिन्न किसिमका क्षमताहरुको सयौं परीक्षणहरु गरि रहेका छन् र सो काममा निकै नै सफलता प्राप्त गरेका छन् ।
उनीहरुले बनाएको लामो दुरीको स्वचालित VTOL Fixed Wing Drone हरुले अहिले सम्म करिब ३० किलोमिटर सम्म उडेर सफलतापुर्बक उडेकै ठाउँमा फर्कन सकेकाछन्। उनीहरुले २५ किलोग्राम सम्म बोक्न सक्ने मल्टी रोटर ड्रोन पनि बनाएर परीक्षण गरिरहेका छन् । ति ड्रोनहरु बनाउनको लागि चाहिने पार्टपुर्जाहरु विदेश बाट आविष्कार केन्द्रले ल्याई दिन्छ । अनि ड्रोनहरुको सम्पूर्ण डिजाईन र जडान उनीहरु आफैले गर्दछन । ति ड्रोनहरु रिमोटले चलाउने खेलौना ड्रोनहरु होइनन् । ति ड्रोनहरुलाई स्वचालित रुपमा निश्चित बाटोमा उडाउने र निश्चित ठाउँ सम्म पुर्याएर उडेकै ठाउँ सम्म ल्याउन चाहिने सफ्टवेरहरु पनि बनाएका छन् । हेर्दै जानु होला - अबको एक दुइ बर्ष पछि नेपालमा पनि राम्रै र उपयोगी ड्रोनहरु बन्नेछन् । यो हाँसो ठट्टा गर्ने बिषय होइन ।🙏🙏🙏
डा. भगवान कोइराला सँग भेट! Kathmandu Institute of Child Health (KIOCH) अन्तर्गत दमकमा बनेको बाल अस्पतालको र काठमाडौँमा बन्दै गरेको अस्पतालको प्रगति सुन्दा खुसी लाग्यो!
दुई वर्ष अघि उहाँलाई अमेरिकामा भेट्दाको संस्मरण लिंकमा: https://t.co/OaTe031alL
अमेरिकाको Massachusetts Institute of Technology (MIT) का ५ जना Internship गर्नै बिद्यार्थीहरुले राष्ट्रिय आविष्कार केन्द्रमा दिन दिनै टन्न दाल भात तरकारी खान्छन र काम पनि टन्न गर्छन । फोटो हेर्नुहोस् ।🙏🤣😆
एकै पटक ६ ठाउँमा नाम निकालेका शेखर रोकाया भन्छन्, ‘म सक्छु भन्ने आत्मविश्वासका साथ लाग्यो भने सबै कुरा सजिलो हुन्छ । लोक सेवा पनि त्यस्तै हो । हल्ला गरिएजस्तै टिप्नै नसकिने भीरको फल होइन ।’
👇️
https://t.co/0zoTzuzqha
थाइल्यान्ड बाट भाइ बोस्टन भेट्न आयो
सेतो हात्ती बुट्टे टी-सर्ट मेरा लागी ल्यायो!
हात्ती छाप कडा मेशिनमा धुँदा पनि मेटिएनन्
पुरै ब्याङ्कक खोज्दा नि जीबी राई भेटिएनन्!
@devimarga किशोर थापाजी राजावादीहरुको संगतले गर्दा राजनैतिक रुपमा अघि बढ्न सक्नु भएन! साझा पार्टीको "मार्ग पतन" ले वैकल्पिक राजनीतिलाई भड्खालोमा हाल्दा पनि किशोर जीको मौन नै उहाँको राजनैतिक यात्रामा भारी पर्यो
समयमा वर्षा नहुनु, मानवीय गतिविधि बढ्नु, वन विनाश, जलवायु परिवर्तनको प्रभाव, डढेलोलगायत कारणले यार्चाजस्ता जडीबुटीको उत्पादन घट्दै गएको छ । उत्पादन घट्दा जडिबुटीकाे आम्दानीले जिविका चलाउने परिवारलाई बर्सेनि समस्या थपिदै छ ।
👇️
https://t.co/3MHxX71Mpn
लौ हेर्नुहोस, बीरगंजको कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रको टीमले काम गरिरहेको भिडियो। म चाहिं मेरो आत्मकथाको किताब बेच्दै घुमिरहेको छु 🙏🙏
अहिले त्यहाँ बिभिन्न किसिमका सानातिना कृषि औजारहरुको नमुना बनाउन अनुसंधान गर्ने र परीक्षण गर्ने काम भैरहेकोछ । परीक्षण गर्दा सफल भएका औजारहरुको उत्पादन गर्ने हो । केहि औजारहरुको उत्पादन ६ महिना भित्र नै सुरु हुनेछ।🙏🙏🙏
मेरो शब्द रचना भएको गीत "ल्याङ भो" को भिडियो हेर्नु भो? हेरेर/सुनेर सुझाव दिनुहोला!
(ध्वनि निर्माण सुदिप सिंह, मास्टरिङ्ग-मिक्सिङ्ग प्रदिप जोशी, सङ्गीत/गायन विशाल पौडेल अनि निर्देशन/छायाङ्कन/सम्पादन संजीत घिसिङ)
https://t.co/2xRIh5FVbg
वातावरण पत्रकारिताका ग्लाेबल आईकन @NavinSinghKhadk दाईलाई साक्षी राख्दै गण्डकी प्रदेशका पत्रकार साथीहरुसँग जलवायु परिवर्तन र खाद्य सुरक्षाका सवालमा अनुभव साझा गर्ने अवसर जुर्याे । यही मेसाेमा मुस्ताङ पनि टेकियाे । नयाँ बर्षकाे सुरु उत्साहप्रद भयाे ।
@monicaupadhyay@WFP_Nepal
विश्व भरिबाट विभिन्न माध्यमहरू बाट मलाई जन्मदिनको शुभकामना दिनुहुने सबै मित्रहरूलाई धन्यवाद! मेरो जन्मदिनको अवसरमा कपूर बोट टिभी मिडिया हाउसले मेरो जीवन सङ्घर्ष र सफलताहरू बारे तैयार पारेको भिडियो फिचर साझा गर्दै छु!
https://t.co/sCF283bgLQ