हाम्रा पूजनीय हजुरबुबा होमनाथ उपाध्याय र हजुरआमा खेचकुमारी अर्यालको स्मृतिमा गोकर्णेश्वर स्थित चामुण्डा माविमा स्थापना गरिएको होमनाथ तथा खेचकुमारी अर्याल अक्षयकोष मार्फतकक्षा १२ मा अध्ययनरत काभ्रेका प्रतिभाशाली छात्र सुरत मैनालीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइयो) नियुक्त भई कार्यकाल आरम्भ गर्नु भएकोमा गोकर्णेश्वर-७ निवासी आदरणीय दाइ सुमन आचार्यलाई हार्दिक बधाइ सहित सफल कार्यकालका लागि हार्दिक शुभकामना ।
डा. देवेन्द्रराज पाण्डेलाई २०६२/६३ को जनआन्दोलनताका नेपाल एफएममा काम गर्दा निकट रूपमा चिन्ने, उहाँबाट सिक्ने र उहाँका कालजयी विचार सुन्ने अवसर पाएको थिएँ। उहाँको निधनबाट मुलुकले एक दुर्लभ बुद्धिजीवी एवं नागरिक आन्दोलनका कर्मठ अगुवा गुमाएको छ ।ॐ शान्ति 🙏🏻
दुई महिने साहित्यिक पत्रिका 'अभिव्यक्ति'का संस्थापक सम्पादक, प्रकाशक नगेन्द्रराज शर्माको आज बिहान निधन भएको दु:खद खबर छ।
धेरै वर्षदेखि उहाँ मधुमेह, रक्तचाप लगायत रोगव्याधीबाट पीडित हुनुहुन्थ्यो र पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको थियो। @kishorenepal
हामी करीब/करीब एकै पुस्ताका रेडियो पत्रकार । रुपेशजी (क्लासिक एफ.एम), म (एच.बी.सी एफ.एम) । हाल कान्तिपुर टिभीका समाचार प्रमुख रुपेशजीको पत्रकारिताका अलावा कवि व्यक्तित्व सहित समग्र साहित्यिक चेतप्रति म नतमस्तक रहँदै आएको छु ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित “National Music Award–2082” मा ‘तिमी अर्कैको भइसक्यौं’ बोलको आधुनिक गीतबाट “सर्वोत्कृष्ट आधुनिक गायक” अवार्ड प्राप्त गर्न सफल मित्र Shiva B Pariyar लाई हार्दिक बधाइ ।
https://t.co/MHJWx78XAz (प्रेमध्वज प्रधानदेखि प्रवीण बडुवाल तथा मीरा राणादेखि रजिना रिमालसम्मको पुस्ताका लागि गीत लेख्ने कालजयी गीतकार-नारायण कुमार आचार्य ।
त्रि.वि सेवा आयोगको अध्यक्षमा नियुक्त हुनु भएकोमा आदरणीय किशोर थापा सरलाई हार्दिक बधाइ । मैले सङ्गत गरेका अग्रजहरु मध्येमा अत्यन्त सरल एवं शालीन किशोर सर २०३१ सालको एस.एल.सी बोर्ड फर्स्ट समेत हुनुहुन्छ । @KishoreTha15748
साहित्यकार एवं अन्वेषक नरेन्द्रराज प्रसाईकै शब्दमा समकालीन युगका महान् सङ्गीतकार दीपक जङ्गमको योगदानलाई जति सलाम गरे पनि केही फरक पर्दैन । उनी हाम्रा सङ्गीतको एउटा अर्को शिखर हुन्, उनी हाम्रो कानकानमा गुन्जने नशा हुन् र उनी हाम्रो मगजमा तरङ्ग मच्चाउने सशक्त ध्वनि हुन् । 🙏
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका विज्ञ, प्रकाण्ड विद्धान एवं स्वनामधन्य स्रष्टा आदरणीय गुरु प्राध्यापक डाक्टर अभि सुवेदीज्यूलाई भेट्दा असीम आनन्द आउँछ । झन् उहाँकै निवासमा पारिवारिक माहोलमा गफिँदाको बेग्लै मज्जा ।
गोकर्णेश्वर-७ स्थित दक्षिण ढोका चोकमा रहेको महान् देशभक्त नायव बहाहुर शाहको शालिकमा वरिष्ठ कुटनीतिज्ञ (इजिप्टका लागि पूर्व नेपाली राजदूत) डा. रामभक्त ठाकुरज्यू एवं वरिष्ठ पत्रकार श्री हरिहर विरहीज्यूको साथमा । सन्दर्भ- नायव बहाहुर शाहको २ सय ७० औं जन्मजयन्ती ।