पौष २७ - आजको दिनको सन्दर्भमा कयौ बर्ष देखी एउटै कुरा भनेको छु , हिजो प्राइम टाइम कार्यक्रममा दोहराइएको पनि छ -
#पृृथ्वीनारायण शाहलाई राजावादीले निजी नठानुन , गणतन्त्रवादीले पराई नमानुन । राष्ट्र निर्मातालाई राजनितिभन्दा माथी राखौ। राष्ट्र निर्माताको सम्मान गरौ ! 🙏
"१००% समानुपातिक संसद् हुने व्यवस्थापिकाको मोडेलमा जानुपर्छ, अब खर्चिलो चुनावमा जान सकिँदैन।" भन्ने दुर्नियत टिप्पणीको विरोध हो वा समर्थन!! एमा
लेमा खर्च पनि भयो समानुपातिक पनि।
खैर् विद्यमान ४०%नै पनि प्रजातन्त्र अनि यो गणतन्त्र नै देशका लागि बाँदरको पुच्छर लौरो न हतियार नै हो।
@SangitaParaju19 एकदिन जिन्दगी चिहान हुनेछ
ऊ बिनै फेरी, नयाँ बिहान हुनेछ
बस् कतै घात कतै राहत हुनेछ
अनि दिन हुनेछ र रात हुनेछ
गुमनाम दुनियाँबाट तेस्रो दिन
न कसैले खोज्नेछ न बात हुनेछ
एकदिन जिन्दगी चिहान हुनेछ
ऊ बिनै फेरी, नयाँ बिहान हुनेछ
बस् कतै घात कतै राहत हुनेछ
ऊ बिनै फेरी, नयाँ प्रभात हुनेछ
थाहा नै भएन तिमी कतिबेला एउटा सिंगो अध्यायको स्थानमा पुग्यौ ! मेरो चिन्तनको महत्त्वपूर्ण स्थान ओगटिसकेकी रहेछौ तिमीले। मलाई थाहा छैन भोलिका दिनमा तिम्रो यहि स्थान छ वा छैन तर शायद समयको कुनै अन्तरालमा उभिएर पछि हेर्दा त्यहाँ तिम्रो पनि निशान रहनेछ।😇😇
#अन्तराल
तालिवानको अबको यात्राले तय गर्ने छ कि जित तालिवानको मात्र रहनेछ वा एक्काइसौँ शताब्दीको विश्वसमाजको मौलिक मूल्यमान्यतामा केन्द्रीत विकासको कोशेढुङ्गा पनि सावित हुनेछ।
#taliban only vs #as_the_taliban
तालिवानको ईश्लामी कट्टरता आफ्नै ठाउँमा छ। तर पहिले तात्कालिन शोभियत संघ, त्यसपछि अमेरिका र अन्तिममा भारतसमेत लाग्दा पनि तालिवान हराउन संभव भएन।
राजनीतिले जनताको भूँइतह नछोइकन जतिसुकै आधुनिक विचार पनि निकम्मा हुन्छ।भूँइतह बिर्सिने 'सभ्य' राजनीतिका वाहकहरूले यो सत्यलाई बुझ्ने कि?
@SangitaParaju19 कुनै कुराको (गुमाएको) अभावमा जिउँन जाने यो बोध हुन सक्छ कि वास्तवमा गुमाउनु वा प्राप्त गर्नुको जीवनमा हामीले ठानेजस्तो केन्द्रीय महत्त्व रहँदैन।
तर वास्तविक जीवन जुन छ, यिनै 'थोक'हरूको प्राप्ति र विसर्जनको वृत्तमा रुमल्लिएर रहस्योद्घाटनबिना नै बितिजान्छ।
@RabindraMishra@BibekshilSajha@abdusmiya जर्मनीबाट मार्क्सवाद, चीनबाट माओवाद आदि-आदिका नाम आयात गर्नु र सुगा रट्नुको साट्टो तिनीहरूको विकासको रचनात्मक अध्ययनलाई क्रान्ति भन्ने बुझेको भए देशको यस्तो अवस्थामा पुग्ने नै थिएन।
@Alive_Aleeza सत्य त यहिँमात्र परिभाषित छ-
"जसरी राधा डुब्थिन् कृष्णको बाँसुरीमा"
-ईश्वरभन्दा पर त प्रेम रहनै सक्दैन।
-क्षणभङ्गुर निःसार यो संसारमा त समयको अन्तरालसँगै सागर नै पनि मरुभूमि भइजान्छ।