सुकुना माध्यमिक विद्यालयका छात्राहरूद्वारा शिक्षकबाट भएको दुर्व्यवहार विरुद्ध एकजुट भएका छन्।
विद्यार्थीहरूले सुरक्षित र सम्मानजनक शैक्षिक वातावरणको माग गर्दै आफ्नो आवाज बुलन्द गरेका छन्।
शिक्षकहरु भक्षक भएका छन्, घोर कलियुग।
#Sukuna#SundarHaraicha#StudentVoice#Justice #Education #Morang #NepalNews
राधिका अधिकारी:
"राज्यले महिलालाई भनिरहेको छ— “यो समाज तिम्रा लागि सुरक्षित छैन, त्यसैले तिमी यो विशेष निलो डिब्बाभित्र लुक।” हामीलाई ‘ब्लु बस’ को नाममा स्पेसको विभाजन होइन, स्पेसको साझेदारी चाहिएको हो। जब सडक, चोक र बसका सीटहरूमा महिला र पुरुष समान रूपमा बस्न र हिंड्न थाल्नेछन्, तब मात्र समाजमा स्वस्थ र सम्मानित संस्कृतिको विकास हुनेछ।"
https://t.co/OuXyAyDGmH
शासक किन सबैलाई दुश्मन देख्छ ?
भारतमा यतिखेर पेपर लिकपछि विद्यार्थीमा परेको असरबारे आन्दोलन चर्को छ । शिक्षामन्त्री जवाफदेही हुनुपर्छ । उनले राजिनामा गर्नुपर्छ भनेर आन्दोलन चर्केको छ । तर शासक लाठी बजार्नमा व्यस्त छ ।
शासक भएपछि किन सामान्य चेत बन्द हुन्छ ? किन ?
सरकारीलाई नै प्रबर्धन गरौँ भनेर NTC को FTTH हालेको, सर्विस देखेर भोलि नै बदलौँ भइसक्यो। ओ @ndcl_nt आउटसोर्सिङ गरेकाले २४x७ मर्मत हुन्छ भन्ने अनि बिहिबार ११बजे दिउँसो रिपोर्ट गरेको र कम्तिमा २सयपटक फोन गर्दा पनि नबनाइदिने? कहिले बन्छ, २हप्तापछि? यति गैरजिम्मेबार कसरी हुन सकेको?😡
मैले नबुझेको कुरा!
यो सहरमा अब निस्किनै नहुने हो? जहाँ गए पनि क्यामेरा तेर्साएर कन्टेन्ट बनाउने हुन्छन् ।
यो कन्टेन्ट को नाममा अरूको गोपनीयता हनन गर्न पाइन्छ? सहमति बिना कसैको अनुहार वा गतिविधि सार्वजनिक गर्न मिल्छ? जाने-बुझेका साथीहरूले कृपया बुझाइदिनुहोस्।🙏
मैले राज्यको भार धेरै घटाउन नसके पनि सांसदलाई दिइन लागेको स्वकीय सचिव नलिने निर्णय गरेको छु ! त्यो स्वकीयलाई दिने तलव भत्ताले कुनै गरीब विद्यार्थीलाई खान लाउन दिइयोस्
छिमेकी देश चीनमा ठुलो बाढी आएपछि यस्तो अवस्था सृजना भएको छ । वर्षाको समय छ । हामी पनि सतर्क आपाउनुपर्छ । जुनसुकै बेला जहाँ पनि प्राकृतिक प्रकोप निम्त्याउन सक्छ ।
जुन जोगी आए पनि कानै चिरेको उही उखान!कार्यशैलीमा बदलाव आएन|सदा झै यस वर्ष पनि आर्थिक वर्षको अन्तिममा किन बजेटै रित्तिने गरि चालु खर्च गरे कर्मचारीले?यो क्रोनिक रोगलाई किन निरन्तरा दिईयो?सम्बन्धित निकायले सघनढंगले खोजबिन गरेर यस्ता भ्रष्टाचारजन्य हर्कतलाई निस्तेज गर्नु पर्छ |
ओलिको रिस सुकुम्बासी माथि पोख्यो, अब यसले उस्को सत्ता र शक्ति खाइदिन्छ।
गुट, उप गुट र हनबेर्ना पाल्ने पार्टीकाे गति र मती गरिब मुलुकका यस्तै हाे। हाँ हाँ हाँ
#मुलुक_समय
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो।
यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
यससँगै सबैमा एउटा विनम्र अनुरोध छ।
यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।
यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।
हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?
यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
मानिसको भक्त र दास बन्ने होइन, दास बन्ने भए धार्मिक बन्नु र ईश्वरको दास बन्नु।
गाँजा फुक्दैमा कोही महादेव हुँदैन, सर्टिफिकेट बोक्दैमा कोही ज्ञानी हुँदैन, विश्वविद्यालयले विवेक दिँदैनन्, चर्को कुरा गर्दैमा क्रान्तिकारी हुँदैन।
ट्राफिक प्रहारी र नगर प्रहारीको ज्यादती, पार्किङको अभाव र पार्किङ गर्दा चर्को शुल्कको अत्याचारको बिरुद्ध गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाई आत्महत्याको प्रयास गरेको छ ।
यो एक राज्यको अत्याचारको बिरुद्धको ज्वाला हो । हजारौं युवाले भोगेको अत्याचारको एक दृष्टान्तको परिदृश्य हुन् ।