के नेपालका वामपन्थिहरूको यस सवालमा ध्यान गएको छन्? कि वा वामपन्थिहरू गुठ, टुट र फूटको अनन्त दुश्चक्रमा फसेर “कुहिराको काग” बनि रहेका छन् ?! #२०८२-७-अ पू. ।
भाद्र २३ को विरोध प्रदर्शनमा सडकमा उत्रिएका जेन-जी युवाहरूले देशमा व्याप्त भ्रष्ट्राचार, कुशासन र नातावाद- कृपावाद वा वेथितिको अन्त्यको माग उठाएका थिए । अहिले सम्म आइपुग्दा उनिहरूले अन्य दुईवटा माग शिक्षा र स्वाश्थ्यमा भएको व्यापारी करणको अन्त्य गर्नु पर्ने थप गरेका छन् ।
जेन-जीले उठाएका यी माग आम नेपाली जनताका आधारभूत विषयसँग समबन्धित छन् । त्यसैले नेपालका वामपन्थि पार्टी वा समग्र वाम आन्दोलनले यी माग प्रति कस्तो दृष्टिकोण वा प्रतिवद्धता जनाउँछ भन्ने कुराले नै वाम आन्दोलनको पनि औचित्य र महत्त्व निर्धारण गर्ने छ ।
दक्षिण एशियाको शक्तिशालि देश भारतको बौद्धिक वा प्राज्ञिक समुदायमा वाम आन्दोलन वा विचार-सिद्धान्त लोकपृय रहेको कुरा तर्फ संकेत गर्ने यो घटना नेपालका जेनजी युवा र बौद्धिक समुदायलाई पनि प्रेरणादायी सन्दर्भ हुनसक्छ । #२०८२-७-२१ अ. ।
वामपन्थिहरूका बिच वैचारिक छलफल, ध्रुविकरण र संगठनात्मक एकता प्रकृया सुरू भएको छ । तर वर्तमान संकटबाट नेपाल राष्ट्रलाई सुरक्षित गर्न सक्ने एकिकृत वामपार्टि बन्छ कि बन्दैन त्यो कुरा त समयले नै बताउने छ । #२०८२-७-२० अ. ।
भाद्र २३ को जेनजी युवाहरूको विरोध प्रदर्शन र २४ गते देश भरि फैलिएको भयानक दङ्गाले वैचारिक-व्यावहारिक दृष्टिले “कुहिराको काग” बन्दै गएका नेपालका वामपन्थिहरूलाई दिशा निर्देश गरेको संकेत देखिन थालेका छन् ।
आज उता अमेरीकाको ऐतिहासिक शहर न्यूयोर्कमा सम्पन्न मेयर पदको चुनावमा समाजवादका पक्षधर युवानेता जोहरान ममदानिले विजय प्राप्त गरे । आजकै दिन यता नेपालको राजधानि काठमाडौमा दशवटा वामपन्थि पार्टी/समुहहरूले एकता गरि “नेपाली कम्युनिष्ट पार्टी” गठनको घोषणा गरे ।
भासिन्छ भन्ने तय हुनेछ । त्यसैले सरकारलाई घोषित तीन कार्यभारमा केन्द्रित भएर कार्य सम्पादन गर्न सरकारलाई सहयोग गर्न र अवश्यक परे दवाव दिनका लागि जागौं; उठौं र जुटौं !#२०८२-६-२४ अ.।
आधुनिक नेपालको ऐतिहासिक विकासक्रममा भाद्र २३-२४ को जेन-जी आन्दोलन सिमाना वा पानी ढलो बनेको छ । आन्दोलन अघि शासनसत्ता वा राजनीतिको डिएनए सम्म फैलिएको भ्रष्टाचारले सिङ्गो राष्ट्र आक्रान्त भएको थियो ।
२. आन्दोलनको दौरानमा भएका हत्या-हिंसा, आगजनि र लुटपाटको छानविन तथा दोषिलाई कार्वाहि । ३. घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन । अन्तरिम सरकारले यी तीन कार्यभार कुशलतापूर्वक समपन्न गर्छ कि गर्दैन भन्ने कुराले नेपाली समाजको अग्रगमन हुन्छ की वा अझभयङ्कर संकटको गर्तमा
राजतन्त्र फर्काउने पूर्व पञ्चहरूको प्रतिगामी सोंच र पञ्चायती व्यवस्थाको अन्त्य पछि ०८२ सम्म शासन गरेका दलहरूमा देखिएको यथास्थिती प्रतिको मोह तथा भ्रष्टाचारको दुर्व्यसनका साथै कैयौं सन्दर्भमा उनिहरूको प्रतिकृयावादी कृयाकलाप नै वर्तमान समयमा हाम्रो समाजमा झाँगिएको संकटका जराहुन् ।
यी दुवै धाराहरूले जनताको आकांक्षा वा परिवर्तनको चाहनालाई पुरा गर्न सकेनन् । अब समय आएको छ—पछौटे सोंच-कृयाकलापलाई स्पष्ट रूपमा अस्वीकार गर्दै, नेपाललाई प्रगतिशील, समावेशी र लोकतान्त्रिक मार्गमा दृढतापूर्वक अघि बढाउने।
यो एकताबद्ध भएर उभिने, साथ दिने र संकटलाई संघर्षको बलियो ढाल बनाउने समय हो । जस्तो जेन-जीले गर्दा जनताले आफ्नो आवाज उठायो, त्यस्तै आज पनि हामी सबैले एक भएर यो संकटलाई अवसरमा बदल्ने संकल्प गरौं। क्रान्ति त्यहीँबाट सुरु हुन्छ जहाँ हामी डरलाई एकताको बलले हराउँछौं! #२०८२-६-२२ अ.।
जेन-जी आन्दोलनले देशलाई नयाँ चेतना दियो, तर अहिले हामी अपूर्व संकटको मुखमा छौं । यो संकट केवल आर्थिक वा राजनीतिक मात्र होइन—यो हाम्रो सामूहिक इच्छाशक्ति, एकता र संघर्षको परीक्षा हो । अब समय भेदभाव, विभाजन र निराशाको होइन;
अहिले जेन-जी युवा आन्दोलनबाट उत्पन्न परिस्थितीले नेपालको राजनितीक आकाश रंगीएको छ । पैंतालिस देखि साठी वर्षका विचको मेरो पुस्ता जेन-एक्सले ०७ र ०१७ सालको राजनितीक परिवर्तन वा संक्रमण बारे सून्यो । ०३६, ०४६ र ०६२/०६३ को आन्दोलनमा सहभागी मात्र भएन; परिवर्तन तथा संक्रमण पनि देख्यो,
भोग्यो । अहिले ०८२ को जेन-जी आन्दोलनमा मेरो पुस्ता पर्यवेक्षक वा साक्षिको भूमिकामा छ । मेरो पुस्तालाई हिजो सम्म अघिल्लो पुस्ताले भन्थ्यो “तिमीहरूको समय आएको छैन” पर्ख । आज नयाँ पुस्ता जेन-जीले भन्छ “तिमीहरूको समय सकियो” छोड !