कथित विशेष महाधिवेशन पक्षधरलाई देउवाको चेतावनी: "पार्टी फुटाउने खेलमा मूकदर्शक बन्दिनँ, सर्वोच्चको मुद्दा विचाराधीन छँदै अवैधानिक भेला नगर्नू।"
आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न सबैमा अपिल।
#TarunNews#SherBahadurDeuba#NepaliCongress
सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट 'निस्सा' प्रदान! निर्वाचन आयोगले सुनुवाइको मौका समेत नदिई गरेको प्रतिशोधपूर्ण निर्णयमाथि अब न्यायिक परीक्षण हुने भएको छ। प्रचलित कानुन र २०५९ को नजिरका आधारमा न्यायलयले विधिको शासनको रक्षा गर्नेमा हामी पूर्ण विश्वस्त छौँ।
हामी लाेकतन्त्र दिवस मनाइ रहेकाछाैं।पटक्कै उत्साह र स्मरण छैन।लाखाैंकाे संघर्ष र हजाराैंकाे बलिदानीबाट प्राप्त उपलब्धि संस्थागत गर्ने ध्यान छैन।लाेकतान्त्रिक विधि(निर्वाचन)बाट आएकाे दुई तिहाइ नजिककाे सरकार लाेकतन्त्रप्रति अनुदार बन्दै गएकाेछ।याे देश जनताका लागि सुखद् पक्ष हाेइन
अनुसन्धान राजनीतिक प्रतिशोधकाे औजार होइन,कानुनी उपचारकाे सुविचारित अस्त्र बनोस्।अनुसन्धानका नाममा राज्यकाे शक्ति,श्रम र समयकाे दुरूपयाेग नगरियोस्।अनुसन्धानमा तथ्य र प्रमाणको मात्रै सार्वभौमिकता रहोस्।विधिकाे शासन स्थापित गर्न राज्यकाे अहं भूमिका देखियाेस ।
राज्यद्वारा भदाैं २३ र २४ काे घटनालाई समान चस्माले हेरियाेस।२४ गते विध्वंस मच्चाउनेहरु पनि कानूनी दायरामा ल्याइयाेस।शुद्ध मन,न्याय र विवेकसम्मत् ढंगले सत्ताकाे सञ्चालन गरियाेस।राज्य सबै नागरिककाे अभिभावक बन्न सकाेस,प्रतिशोधका नाममा कानूनी शासनकाे हुर्मत लिने प्रयत्न स्वीकार्य छैन
आज ४९ औं राष्ट्रय मेलमिलाप दिवस ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह,नेत्री शैलजा आचार्य,खुमबहादुर खड्का,रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता राष्ट्रिय मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको थियो ।
पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी पलेशा गोवर्धनलाई हार्दिक बधाई तथा शुभकामना ! पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्यपदक दिलाइन
असंवैधानिक तवरबाट गरिएकाे प्रदेश सरकार अदलवदलकाे खेल वामपन्थी अधिनायकवादी साेचकाे उपज हाे भन्दा अत्युक्ति नहाेला।संविधानवाद,लाेकतान्त्रिक विधि र प्रतिपादित नजिरको हुर्मत नलियोस । प्रचण्ड-ओली गठवन्धन सरकारले विगतलाई दाेहार्याउने चेष्टा नगराेस्।
केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्र्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल
गर्दछ ।
विद्यार्थीहरूकाे छाता संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ र नेविसंघ सम्मिलित संयुक्त प्यानलका उम्मेदवार साथीहरूलाई मतदान गरी अत्यधिक मतले विजयी गराइदिनुहुन सम्पूर्ण विद्यार्थी साथीहरूमा हार्दिक अपिल गर्दछु।
जय नेपाल!
जनमतको अपमान र निरासाको माहौलमा समेत सभापति देउवाले भनेका थिए –‘वी वील कम ब्याक’। उत्तेजना र आवेगमा होइन अनुभव र धैर्यतामा आधारित देउवाको रणनीतिले अन्ततः दुई महिनामै कांग्रेस राष्ट्रपति सहित सबैतिर सरकारमा कम ब्याक हुने अवस्था बनेको छ।
@jurnobj
https://t.co/wSxYJhgy53
केपी ओलीले विगतमा प्रचण्ड,माधव र वामदेवलाई अव प्रधानमन्त्री तपाई नै हो भनेर झुक्याउदै अन्तमा नेकपा भन्ने पार्टी तहसनहस गरेर संसद विघटन गरेका थिए । अहिले त्यही शैलिमा बाबुराम,माधव र महन्थलाइ राष्ट्रपतिको ललिपप देखाएछन् । नेताहरु ओलीको पछि कुद्दै छन कि, कुरा बुझेर हास्दैछन ?