तिम्रो नखरा झेल्ने म जस्तो पाउला र?
निर्जल व्रत बसि मठ मन्दिर धाउला र?
काली गए बालै छैन गोरी लिन्छु भन्छौ
मिजासिलो, शुशिल, सोझी आउला र?
फुर्ती नलगाउँ जत्ति गरेनी अत्ति नगर
के साच्चिकै म बिना तिमी रमाउला र?
मेरो माया हो जो तिम्रो कचकच सुन्छु
मरे भने म अर्को जुनीमा भेटाउला र?
फुललाई हेरेर देखेर धेरै कुरा सिकेको छु । आखिर एउटै बोटमा फुलेको फुल पनि कुनै मन्दिरमा पुग्छ त कुनै आर्यघाटमा हो जिन्दगी पनि यस्तै कहिले कहाँ पुग्नु पर्छ त कहिले के भोग्नु पर्छ। https://t.co/aybxv29qaJ
डियर चेलीहरु तिमीहरू यति बलवान बन्नुपर्छ कि तिमीहरुलाई गिद्धे नजर लगाउनेको आँखा फोड्नुपर्छ , हात लगाउन खोज्नेको हात काट्नुपर्छ , अरु कुनै तरिकाले तिमीहरू माथी दुष्ट दृष्टि लगायो भने त्यसको जीवन लिला समाप्त पार्नुपर्छ त्यसैले #dearचेलीbestrong