सधैँ हतार हुन्छ,
घरबाट निस्किने बेलामा।
चाबी पो छुट्यो कि!
ढोका त लगाएँ नि!
गोजीमा वालेट ठिक छ
ग्यास त बन्द गरेँ नि!
हुन त,
ढिलै भएर पनि
के नै बिग्रिने हो र?
यता जीवन उस्तै छ
केही छुटेझैँ
केही बिर्सिएझैँ
सधैँको अन्यौल
सधैँको अलमल
खैर
सधैँ हतार हुन्छ
घरबाट निस्किने बेलामा।
😊
सबलाई हतार छ यहाँ
झिसमिसे बिहानी देखी
कालो रात सम्म
भागदौड छ यहाँ ,
खै केको चटारो हो?
तनाब बोकेर बाचेको छ मान्छे
हास्न बिर्सेको छ मान्छे
आखा भरी सपना बोकेर
रातभर बिउझन्छ मान्छे
दिनभर टोलाउछ मान्छे ,
खै कहाँ को गन्तब्य हो?
के पाउने आशा
के गुमाउने डर?
अचेल तनाबमा छ मान्छे!
केही विश्वास टुटेर
केही आशा सकिएर
र केही बाध्यता तोडेर
चलिरहेको यो समय।
केही खुशी
अनि
केही दुख………
बस यसरी नै,
चलिरेहको यो जीन्दगि।
थोरै सपना
अनि
बचेको थोरै विश्वास ,
आशाहरुका साथ……
सुरुवात भएको यो नया वर्ष ।
मेरो उमेर अनुसार को मेरो जिम्मेवारी कति हो!
मैले यो समय सम्म के के गरिसक्नु पर्ने थियो!
उमेरको हिसाब ले मैले आज सम्म के के पाय के के गुमाय!
मैले गरेको उपलब्धि आज सम्मको लागि प्रयाप्त छ कि छैन!
मैले अब के के गर्न पर्छ?
मेरो जिन्दगीको रफ्तार अब कुन गति मा दौडाउने?
जबाफ दे जिन्दगी😥
देश कसको कारणले डुबेको हो, समिक्षा गर्दैन तर पनि लाजसरम केहि नमानी फलानो सफल, फलनो असफल भने कुतर्क गर्दै सत्ता प्राप्तिको हेगेमोनी प्रवृत्ति र वर्ण श्रम व्यवस्थालाई संस्थागत गर्दैछन् । यी मतियारहरु लाजनीतिको दुर्गन्धमा रमाउछन् र युवाशक्तिलाई बिदेशीनु बाध्यता बनाइदिन्छ ।