उस्को विश्राम मन पर्दैन
लक्ष्य पुग्न पो हात छोडेको,
उस्को गति पनि मन पर्दैन
दिशा मलाई छोएर जादैन।
खै कस्तो अनौठो हुदो रहेछ
त्यो भाग्यमा नभएको प्रेम
आफ्नै मन भित्र
छिनमै प्रेमको बर्षात
छिनमै मरुभूमि झै जल्न
खै कस्तो अनौठो ......
भाग्यमा नभएको प्रेम पनि कस्तो अनौठो
उस्को दुख नचाहने
माया जो गरेको हो
उस्को खुशी नचाहने
खुशीको हिस्सा जो छैन
उ रोकिएको देख्न नचाहने
भाग्नलाई पो छोडेको
उ हिडेको पनि नचाहने
सहयात्री जो बन्न पाको छैन
उ रोएको मन पर्दैन
रोदनले मन जो पोल्छ
उ हाँसेको मन पर्दैन
हाँसोको कारण अब उ हैन
खोलीको त्यो खाल्डोमा रहेको
पानीको पनि त सपना होला
ढुङ्गाहरु सङग ठिकिने,
खोलीमा गडगडाउने,
कसिङ्गर मुक्त छच्लकिने,
र पो आफुलाई बचाएको छ
ढुङ्गा मुनि गएर पनि
बसिरहेको छ प्रखाईमा
कुनै त्यो बर्षात को
जस्ले ल्यावोस कुनै भेल
निकालोस त्यो खाल्डो बाट
अनि पुर्यावोस सागरको बीचमा ...
जिन्दगीको कस्तो मोडमा छु
न समस्यामा न समाधानमा
न खुशीमा न दुखमा
न हासोमा न रुवाईमा
खै कस्तो विचित्रको मोडमा
सफल भनु गन्तव्य परै
असफल भनु हारेको छैन
त्यागी भनु मन अशान्त
हठ्ठी भनु प्राप्तिबाट टाढा
न हारको अनुभव न जीतको खुशी
न विजय तिलक न कुनै शोक
खै जिन्दगी कस्तो विचित्रको मोड
तिमिले त्यो "Provision for doubtful debt" राम्ररी पढेर मलाई सिकाउनु भन्दा पढेको Chapter त अहिले सम्मन पुरै याद छ, तिमीलाई बिर्सिनी त कहाँ हो कहाँ ।❣️
नोट: यथार्थ भन्दा पर काल्पनिकतामा आधारित 😀
@RabindraMishra Kaam na kaaj KO desh luti kaako raja lai boknu xaina, ho achel yo system KO durupayo aawasa vako ho Tara system lai ramro sanga paryo garnasakya yo nai ramro ho, ekjana lai janmane bitikai raja banauni Kura vaniko birko mathi desh jhai ho
आखिर माया त माया हो
र पो,
बर्सौ आघी छुट्टिएकि उन्को
Tiktok होस् या Fb Insta को पोस्ट
देख्यो कि Save गर्न मन लाई हाल्ने।
कता कता बिर्सिकी उन्को सम्झना
फेरि पनि यो मनमा आई हाल्ने ।
उनी बाट टाढा रहेको यो मन
फेरि उन्कै वरपर डुल्न मन लाई हाल्ने।