केहि थप जानकारीहरु ---
Microsoft ले निशुल्क प्रदान गर्ने कोर्स जो सुकैले र जहाँ बाट पढे पनि हुन्छ । कोर्स पढ्न ईच्छा हुनेले यति उति पढेको हुनु पर्छ भन्ने छैन । पोखराकाले मात्र पढ्न पाउने भन्ने छैन किन भने कोर्स अनलाइन पढ्ने हो । आफुले अनलाइन पढेर सर्टिफिकेटको लागि अनलाइन जांच दिंदा पाउने 90 % छुट जसले जहाँ बाट जांच दिए पनि पाउँछ । Microsoft ले राष्ट्रिय आविष्कार केन्द्रलाई ७ हजार वटा कोटा दिएको छ ।
Microsoft ले निशुल्क प्रदान गर्ने बिभिन्न किसिमका कोर्सहरु पढेर Certificate लिनको लागी तलको लिंकमा गएर आफ्नो LinkedIn ID मार्फत Sign in गर्नु होस् र आफुले मन लागेको बिषय निशुल्क पढ्नु होस् ।
https://t.co/oWGqjwald4
Microsoft ले प्रदान गर्ने कोर्सहरुको लिंक र सर्टिफिकेटको नमुना तलको लिंकमा दिएको छ
https://t.co/3WmOD6QrOG
Microsoft को सर्टिफिकेट लिनको लागि लाग्ने शुल्क को १०% मात्र Microsoft लाई बुझाउनु पर्नेछ । Microsoft ले लिने शुल्क भनेको $160 हो, तर $16 डलर मात्र तिरे पुग्छ । $16 पनि तिर्न नसक्नेलाई पैसा नलाग्ने व्यवस्था गरिनेछ ।
सुबर्ण मौकाको फाइदा उठाउनु होस् 🙏🙏🙏
Microsoft ले निशुल्क प्रदान गर्ने बिभिन्न किसिमका अनलाइन कोर्सहरु पढेर Microsoft Certificate लिन चाहनेहरुले तलको फारम भर्नु होला । पोखरामा पढ्नको mentoring को काम निशुल्क रुपमा राष्ट्रिय आविष्कार केन्द्रले सिम्पानीको ICT Innovation Lab मा गर्ने छ । पोखरा भन्दा बाहिरको लागि अनलाइन mentoring उपलब्ध हुनेछ ।
Microsoft को सर्टिफिकेट लिनको लागि लाग्ने शुल्क को १०% मात्र Microsoft लाई बुझाउनु पर्नेछ । Microsoft ले लिने शुल्क भनेको $160 हो, तर $16 डलर मात्र तिरे पुग्छ । $16 पनि तिर्न नसक्नेलाई पैसा नलाग्ने व्यवस्था गरिनेछ । Microsoft ले राष्ट्रिय आविष्कार केन्द्रलाई ७ हजार वटा कोटा दिएको छ । मौकाको फाइदा उठाउनु होस् । राष्ट्रिय आविष्कार केन्द्रको उदेश्य पोखरा भ्यालीलाई १५ बर्ष भित्रमा ठुलो ICT Center बनाउने हो 🙏🙏🙏
https://t.co/vDcuK6frES
सम्मानित सर्वोच्च अदालतका आदरणीय कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की ज्यू तथा सबै समआदरणीय न्यायाधीश ज्यूहरु ,
नेपालको संविधान २०७२ संवैधानिक सर्वोच्चताको संविधान हो। यही आधारमा - सर्वोच्च अदालतलाई असाधारण अधिकारहरु दिइएको छ।
असाधारण अधिकार धारण गर्ने कुनै पनि व्यक्ति र संस्था - असाधारण कर्तव्यबोध बाट बाधिएका हुन्छन भन्ने बोध श्रीमानहरुलाई नहोला भन्ने कुराको कल्पना समेत गर्न सकिन्न ।
तर ठूलो निरासासाथ यो कुरा तपाईहरुलाई स्मरण गराउन हामी बाध्य भएका छौ - देशका कयौ मूख्य शासकिय प्रबन्धहरुको सवालमा र शक्तिको पृथकिकरणको सवालसंग जोडिएका कयौ प्रसंगहरुमा श्रीमानहरुको अनिर्णयताले - नेपालको संविधान २०७२ को उपहास गरेको दुर्भाग्यशाली परिद्रश्य क्षितिजमा देखा पर्न थालेको छ ।
कर्तव्य पालनमा देखिएको यो उदासिनता नेपालको सर्वोच्च अदालतको गरिमामय ईतिहासको खिलाफ छ । साथै , बर्तमान संविधानले, सर्वोच्च अदालतलाई दिएका असाधारण अधिकारहरुको तुलनामा - कर्तव्यको पाटोबाट हेर्दा असन्तुलित छ ।
संवैधानिक सर्वोच्चता भएको संविधानले - आफ्नो सर्वोच्च अदालतबाट, मूख्य शासकिय प्रबन्धका सवालहरुमा यो हदको ढिलासुस्तीको आचरण अपेक्षा गर्दैन ।
अब पनि सर्वोच्च अदालतले गम्भीर संवैधानिक महत्वका बिषयहरु , मूख्य शासकिय प्रबन्धका सवालहरुमा तत्काल फैसलाहरु नदिने हो भने यो अकर्मण्यताको बोझ बर्तमान संविधानले धान्न सक्दैन ।
संविधानविद राधेश्याम अधिकारीका शब्दमा -'अब यो संविधानलाई सबैभन्दा ठूलो खतरा कतैबाट छ भने - मूख्य शासकिय प्रबन्धका सवालहरुमा सर्वोच्च अदालतको अनिर्णयता र अपरिपक्कताबाट छ । '
आदरणिय कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की ज्यू तथा सबै समआदरणीय न्यायाधीश ज्यूहरु ,
आज मलाई, महान संविधानविद श्रद्धेय गणेशराज शर्माको याद आइरहेछ । जसले पंचायत व्यवस्थाको अदालतबाट राजद्रोहको आरोप लागेका बीपी कोइरालालाई बाईज्जत रिहा गराउन वकालत गरे । म फेरी नमन गर्छु ती सबै न्यायामुर्तिहरुलाइ जस्ले त्यो फैसाला गर्दा को रिसाउला ? को खुसाउला ? भनेर आंखा दाया बाया गरेनन ।
भनिन्छ - आज हामीसंग लोकतान्त्रिक संविधान छ । हामी हेर्न चाहन्छौ - के यो संविधान साँचों अर्थमा जिवित छ ?
राज्यका बाक़ी दुइ अंग - व्यवस्थापिका र कार्यपालीकाका सबै जायज़ र नाजायज रगड़ा , झगड़ा , लफड़ा र सवालहरु चाही - सर्वोच्च अदालतमा पुग्ने र सर्वोच्च अदालत चाही निर्णय नगरी बस्ने हो भने - यो संविधान - राधेश्याम अघिकारीजीले चेतावनी दिए झै सर्वोच्च अदालतकै कारणले बिघटनको संघारमा पुग्नेछ ।
के सम्मानित सर्वोच्च अदालतका न्यायाधीशहरुले खोजेको यही हो ? मलाई लाग्दैन वहाहरुले खोजेको यही होला ।
अन्त्यमा, बिनम्रताका सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छु , श्रद्धेय गणेशराज शर्माबाट आफुले सुनेका कालजयी शब्दहरु -
'असाधारण अधिकार प्रयोग गर्ने संस्था र व्यक्तिले- असाधारण कर्तव्य र विवेकको पालन गर्नु पर्छ । असाधारण कर्तव्य र विवेक प्रयोग गर्न संकोच लाग्छ भने, कसैले पनि , त्यों आसनमा बस्नु हुन्न, जुन आसनबाट यस्ता असाधारण अधिकारहरु निश्रित हुन्छन । '
चल्तीको राजनीतिको विसंगतिले फैलाएको अँध्यारो बिच काठमाडौं महानगरका मेयर बालेनले सानो टुकीले नै भए पनि समाजमा उज्यालो छर्दैछन्। 'नाङ्गै' भएर पनि अँध्यारो बिच 'भलाद्मी' को दाबि गर्ने धेरैको असलियत सानो टुकीको उज्यालोले देखाउँदै छ।
मेयरको नियत/सोच/दृढता स्वागतयोग्य छ। समर्थन गरौं।🙏