सोच्नु हामीले नै पर्छ
किनकि फरक हामीलाई नै पर्छ ।
उनीहरूलाई त के !
बस्, आगो सल्काइदिए पुग्छ
धुवाँले प्रचार गर्छ
अनि, तिनको बजारमा
हाम्रो आँसु बिक्छ ।
हाम्रो घर जलेको खरानीले
तिनको भर्याङ बन्छ ।
त्यसैले संयम हामी नै हुनुपर्छ ।
प्रतिबद्धता अधुरै छन्, निर्णय प्रक्रिया कमजोर छ र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको छ। समाधान आलोचना दबाउनु होइन– समयबद्ध कार्ययोजना सार्वजनिक गर्ने, संसद्लाई जवाफ दिने र स्वतन्त्र प्रेस सुनिश्चित गर्ने हो।
सुनसरीको कप्तानगञ्जमा विवाद चार दिनदेखि चलिरहेको थियो। प्रशासनले बेलैमा संवाद र सुरक्षा तयारी गरेन। झडप भएपछि ‘हवाई फायर’ भनिएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो, ९ सर्वसाधारण घाइते भए। रोकथाममा चुक्ने, पछि गोली र कर्फ्युमा भर पर्ने– यही हो हाम्रो सुरक्षा व्यवस्था?
सिन्धुपाल्चोक पन्थलीका ४२ घरधुरी जोखिममा छन्। स्थानीय भन्छन्– सडक मर्मत गर, सुरक्षा पर्खाल बनाऊ। मन्त्री भन्छन्– बस्ती नै सार। पूर्वाधार जोगाउन नसकेपछि नागरिककै थातथलो सारिदिने कस्तो सजिलो सरकारी समाधान!
📢 Very excited to announce that @Subeksha Poudel is joining Kantipur Publications as an investigative reporter.
Subeksha will join our Features & Investigations unit, focusing primarily on environment and climate change issues, and produce in-depth investigative and enterprise reporting across our digital and print platforms. She is a @columbiajourn graduate and has published her stories in Nepali Times, Polis Project, City Limits, and Kalam Weekly.
Welcome to KMG, Subeksha!
मुलुकका 'घिउ बेचुवा' र 'तरवार बेचुवा' राजनीतिक जुवारीहरूको बिचमा प्रदेश सरकार चलाउने सहमतिको 'खाल' संपन्न भएछ।
यस्तै गति र जुवारी मतिले संघिय सरकार शर्मनाक ढंगले गुमेको एक बर्ष पनि नपुग्दै उही दलदलमा डुबेर पुन: आत्महत्या गर्न कति सकेको? एउटै शरिरलाई पटक पटक 'आत्महत्या' गरेर नागरिकलाई कति धेरै खुसी दिएका हौ के कमाउनिष्ट!😀
प्रीय दिन
वर्षमा तिमी एकपटक
आउछौ
र मलाई सारा खुशीहरु
लुटाएर जान्छौ
मलाई असिमित प्रेम
दिएर जान्छौ
मेरा सारा आँसुहरु
लिएर जान्छौ
आज
मेरा बा आमा
मुस्कुराएको दिन
मैले यो धर्तिसंग
साक्षात्कार गरेको दिन
यो माटोसंग साइनो
गासेको दिन
त्यसैले आजको दिन
मेरो प्रीय दिन 💖💖