मुक्तक
मङ्सिर लाग्यो उमेर पुग्यो भन्दैछिन उनी ।।
डोली चढि जाने दिनहरू गन्दैछिन उनी ।।
पिआर वाला अंकल आए उनैलाइ माग्न
जवानीमै सबकी आन्टी बन्दैछिन उनी ।।
@noo_thanks0 दुई किनारलाई पनि त त्यै पुलले भेटाउन सक्छ
दुबैले चाहे साथ र बातले तिक्तता मेटाउन सक्छ।
छुट्टिने, अरूको हुने भन्दा एकअर्का कै भइरहने
जिन्दगीसँगको वियोगले जिन्दगीभर मुटु रेटाउन सक्छ ।।
आधा रोटी ,आधा चक्लेट जुठो पनि खान्थेउ एकबेला ।
के प्रेम, के प्रस्ताव दिन बर्षै गोठालो जान्थेउ एकबेला ।।
माटोकै भए पनि सिन्दुर सजाइदिन्थे तिम्रो सिउदो
छिनकै लागी तिमी बेउली म बेहुला मान्थेउ एकबेला ।। 😊😋
@BishalBhandari_ ए भाइ 6 महिनालाई पुग्ने कन्टेन्ट पाइस हैन,अब तेरो कमिडी क्लब लाई । खाते साला आज सम्म इन्डियन कपिड कमिडी बाहेक गतिलो सिनेमा बनाउन सक्या छैन त आफ्नो काम गर्न । बादरले आफू नि गर्दैन अरुलाइ नि गर्दैन भन्या यहि हो । तेरो घरमा घैर्यता के हो सिकाको छैनन ? समय लाग्छ ।
खास केही सपना छैनन
न केही उदेश्य
यहि बनौं ,यहि गरौ
भन्ने केहि छ ।
अपुग केही छैन
र पुगेको पनि केही छैन ।।
तर बाच्नकै लागि मात्रै बाचिरहेको छु ।
न दुख छ न पीडा छ
न अभाव छ
र पनि बाच्न किन यति गाह्रो छ ??