सारा सबै बटुलेर खुशी संगाल्न मन लाग्छ !
आफ्नै सम्झेर मायाले अंगाल्न मन लाग्छ !!
मनभित्र जतिनै पिडा भएपनि बाहिर हाँसी !
मिठो बोलेर सबैको मन पगाल्न मन लाग्छ !!
निराश अनुहार बोकेर एमालेका नेताहरू उपाध्यक्ष विष्णु पाैडेलको गिरफ्तारीबारे छलफल गर्न पार्टी अध्यक्षको निवास गुण्डुमा जम्मा भएका छन । सचिवालय बैठकमा सहभागी भएका कतिपय नेता विभिन्न अनुसन्धानका नाममा निकट भविष्यमा पक्रउ पर्दैछन भन्ने सूचना चुहिएपछि एमाले पंक्ति थप तरङ्गगीत बनेको छ ।
"जेठो छाेराकाे भूमिका एउटा पुरानो
रुख जस्तै हुन्छ जबसम्म उसले फल
र छायाँ दिन्छ, तबसम्म सबैजना उसकै
वरिपरि बस्छन् तर जब ऊ सुक्न थाल्छ
तब उसलाई काटेर अलग गरिदिन्छन् ।"
🍁 शुभ साँझ 🍁
काली है कौवा करायो
यसैमा यो मन यो डरायो
हितैको माया बेखबर
दैवले के यस्तो गरायो
यो मनले जस्तै त्यो मनले
सम्झना गरे हुनेथ्यो
मुनाले जस्तै मदनले
चाहना गरे हुनेथ्यो
बैरागी बनको न्याउली झैँ
विरही गित गाउँदै छु
म मात्रै हुँ मेरो आफ्नो यहाँ
आफूलाई आफै सम्झाउँदै छु ।
-बिजु
०८२ कार्तिक, २१
#स्कुलडायरी
मनमा बसेकै मान्छेको कसरी मन फेरिन सक्छ
महोदय छेपारोको जुनि हो यो रंग फेरिन सक्छ
प्रेम जस्तो गलती केही पाइन्छ भने दोहोर्याउन
जानाजानको भूलले पनि जीवन फेरिन सक्छ
जिन्दगी भन्नू त, पर्यायवाची रहेछ परिवर्तनको
माफ गरिदेउ मुना यो तिम्रो मदन फेरिन सक्छ
नपुग्न सक्छ चाहना मनको, बिजुले गर्ने प्रेममा
तयार हुनु तिमी प्रतिको सम्बोधन फेरिन सक्छ
-बिजु
०८२ आश्विन, २३