@rosnithapa46859 मल वितरणमा पहिलेका कृषि मन्त्रीभन्दा अझै बढी गफी रहिछन्।त्यति वेलाकाले मल दिन नसके “मल आएन” त भन्थे, यी त गोदाममा छ भन्न लाज नमान्ने ? !!
@rab89419 विमामा प्रिमियमले दुर्घटना वा विरामी परेमा औषधी उपचारको भुक्तानी ग्यारेन्टी गर्छ।३० लाखको गाडी रू.२५हजार प्रिमियमले पुग्छ।उपचार विमा ३.५०% ले किन नपुग्ने? दुबै निर्जीवन विमा क्याटोगरीमा पर्छन्।नागरिकको संवैधानिक स्वास्थ अधिकार छ। मिल्ैन भने संविधानमा संसोधन गरेर ‘दया’ लेख।
@gbudhathoki जुन देश संसाझैं सुत्छ, त्यो देशको अर्थतन्त्र चलायमान हॅुदैन।जति गफ गरे पनि मुद्रास्फीति दरभन्दा ब्याजदर तल हुन्छ र बैंकमा राखेको आफ्नै पैसा घटिरहेको हुन्छ।सुरक्षा व्यवस्था बलियो पार्नु भनेको गरिखान नदिनु होइन।
सोझो हिसाबले दुई कुरामा जस्तै ध्यान दिन सकियो भने ईश्वर प्राप्ति हुने बाटो खुल्छ होला - १.मोबाइलमा कता छ भनेर चासो राखेजस्तै ईश्वरको पनि मनमा ध्यान राख्ने, २.फरक पर्ला कि भनेर नोट गनेजस्तै सतर्कतासाथ जप गर्ने।आफूमाजस्तै अरूमा परब्रह्म छन् भन्ने भाव मोबाइलको लतबाट सिक्न सकिन्छकि?!
@BhismaK62 मिसनले गरेको भन्दा पनि ३ वर्षअघि सरकारले दायर गरेको मुद्दाको फैसला हो।त्यो पनि उतैबाट नक्कली आए भनेर आपत्ति जनाएपछि मात्र बाध्यताले मुद्दा दर्ता भए।बरू कति नक्कली छिरेछन्, संख्या जनताले थाहा पाए राम्रो।हो, अवश्य यस्ता देश बदनाम गर्नेलाई कानूनको दायरामा ल्याउन सरकार सफल होस्!
सभापतिले संसदीय दलको नेता पदमुक्त गर्न सक्ने प्रावधान राखेर रास्वपाको विधान छापिएपछि तरंग आएको छ । यस्तो प्रावधान महाधिवेशनमा पेश भएको विधानमा थिएन।(अनलाख.२०८३।३।२४) संसदमा पेश गरेको बजेट विधेयकमा बहादुरीसाथ अ.म.ले झैं संशोधन गर्ने परम्पराको निरन्तरता र प्रम (सं.द.नेता)कमजोर !!?
कसैलाई थाहा होला कि ? वेवसाइटमा मेलम्ची वाटर सप्लाइ बोर्ड पानीपोखरीको इमेल अड्रेसमा सुझावको इमेल पठाउॅदा फिर्ता आउॅछ, लेण्ड लाइन २ वटामा फोन गर्दा कसैले उठाउॅदैन।
गृहमन्त्री घुम्दाघुम्दै रोहिँग्या सीमा नाकामा कडाइ गरेको सरकारी दावीलाई चुनौती दिँदै २० जना सुटुक्क नेपाल छिरेका छन् । सरकारी तथ्यांकअनुसार नेपालका क्याम्पमा ४७४ जना म्यानमारी रोहिङ्ग्या बस्दै आएका छन् ।(जनआस्था २०८३।३।१७) भारतले कडाइ गरेपछि रोहिग्या र बंगलादेशी नेपाल बढी छिरे।
@BhismaK62 यस्तो अचाक्ली गर्न अरू देशको राजधानीमा त पाइॅदैन।उत्तर प्रदेशमा आदित्यनाथले तुरून्तै कार्बाही गर्छन्।किन बेथिति होला।भूमिको केही सतह ८- १० फिट लालपूर्जाको स्वामित्वले ओगट्ला तर सतहले पखेरो नै समेटदैन, जो राज्यको सम्पत्ति हो र भूगर्भको ढुंगामाटो निजी कुनै देशमा हॅुदैन।
नेपालीले मेहनत गर्ने - फलफूलको इज्जतपूर्ण खुद्रा व्यापार, तर आयातित विदेशीको बालिकाहरूसहित युवा आमा मगन्ते व्यापारमा !!पुरानाको बदलामा आएका जनताले आश गरेका रास्वपाका युवा कार्यकर्ता, युवा नेता, युवा सॅासद, युवा सरकार कता छन् ? यो आयातित मगन्ते व्यापारलाई नियन्त्रण गर।असमर्थ ? !!!
@gbudhathoki जनलहरको सांसद पद यथावत छ, दलको केन्द्रीय सदस्यता गरी दुई पद छॅदैछन्।५ वर्षमा मन्त्री पद पनि हात पर्ला।कुरा “बोतलमा आधा पानी छदैंछ, अलिकति भरिन बांकी छ” वा “बोतलमा आधा मात्रै पानी छ, आधै खाली छ” कुन रोज्ने? हताश हुन पर्दैन - राजनीति हो!
@DrAchyutWagle सही । नेपालमा त अर्थको प्रभावशाली पदमा आसीन भै स्टकको नियमन गर्ने र पत्नी ब्रोकर हुने, अरू नयॅा ब्रोकर हुन नपाउने काम भए।भारतमा त्यस्ता पदाधिकारी त्यसै वापत जेल गए।तीन पुस्तालाई पनि बढी हुने सम्पत्ति कुम्ल्याउने अर्थमन्त्रीहरूका यस्ता झोलेहरू पुरस्कृत हॅुदै गए।!
खाने तेल व्यापार : अर्जेन्टिना र ब्राजिलबाट आयात, प्रशोधन गरी भारत निर्यात (अनला.ख. २०८३।३।१०) यस किसिमको विदेशनिर्यातघाती समाचारले नेपालको अर्थतन्त्रमा अनावश्यक भ्रम सिर्जना गर्छ। यो सिकायत भारतलाई गर्दा कुन बहादुरी वा विद्वता देखिन्छ ? व्यापारमा आफै मात्र उत्पादन गरेर चल्दैन।