अरुन्धतीलाई पढ्नुस् भनेर भन्न म सायद ढिला भए हुँला, तर जीवनमा मनले चाहेका मानिसबाट प्रेम नपाएका मान्छेहरूकहाँ उनको यो पुस्तक आफैं आइ पुग्ने शक्ति राख्छ। त्यसलाई सप्रेम स्विकार्नु होला ।
https://t.co/4wY9QmMPj6
नेपाली मिडिया राजनीतिमा यति रमाएको छ कि राजनीति छोडेर मिडियाले अरु कुरामा कि भ्रष्टाचारको समाचार लेख्छ कि उद्घाटनको।
विकास भनेको के हो? हामीलाई चाहिएको विकास कस्तो हो र कति मात्रै हो? आजको हाम्रो आवश्यकता, प्राथमिकता र सामर्थ्य के हो ? विकासको हकदार शासकहरुको हाछ्युँ पुग्ने शहरको चारकिल्ला मात्रै हो कि दूरदराजका मानिसहरुको बस्ती पनि हो?
आजको बसाईसराईको जुन तिब्रता छ, त्यसले गाउँमै पनि कस्तो विकास गर्ने, कति लगानी गर्ने र किन लगानी गर्ने? शिक्षा, स्वास्थ्य, यातायात र रोजगारलाई कसरी राष्ट्रिय विमर्श मेरुदण्ड बनाउने? कसरी व्यवस्थित र पहुँचयोग्य बनाउने ?
शिक्षालाई अनिवार्य होइन विकल्पहीन अवसरको रुपमा कसरी समाजमा साक्षरता वितरण गर्ने? स्वास्थ्यलाई कसरी सुलभ बनाउने र कसरी नागरिक योगदानको हिस्सा बनाउने भनेर हामीले आवश्यक सामाजिक/सार्वजनिक विमर्श गरेकै छैनौं।
विकास भनेको नेताको गोजीबाट निस्कने चिर्कटोले तय गर्ने भाग्योदय चिट्ठा हो कि स्थानीय, राष्ट्रिय आवश्यकताले नागरिक सहभागितामा तय गर्ने कार्यक्रम हो भनेर हामीले छलफल चलेको पढ्न पाएकै छैनौं। चलेको भए र त्यसरी तय भएको भए - न पोखरा विमानस्थल न भैरहवा विमानस्थलमा ऋण बोकेर भ्रष्ट पोस्ने अवस्था आउने थियो न निजगढ विमानस्थल राजनीतिक नारा बन्न पाउने थियो। न त मेलम्ची खानेपानी आयोजना राष्ट्रिय सामर्थ्य निचोर्ने सेतो हात्ती नै बन्ने थियो।
समाजले दुत्कारेर लखेटेका नीतिविहीन हूलको नाइकेहरुलाई नेता भनाउँदै तिनको आउटडेटेड बकबासमा कति इन्टरटेन गरिरहेको हो सार्वजनिक विमर्शको फोरमहरुले? के नेपाली समाज यो भन्दा उन्नत विमर्श, सूचना र प्राथमिकता डिजर्ब गर्दैन?
प्रिय सम्पादकहरु,
पुराना राजनीतिक पेशेवर मात्रै आउटडेटेड भएको होइन - नागरिकलाई अवमूल्यन गर्ने र मिडियाको शक्तिलाई राजनीतिको पछ्यौराको फेरोमा कैद गराउने तपाईंहरुको पत्रकारिताको सामर्थ्य पनि आउटडेटेड भएको छ। नत्र न त राजनीति यति स्तरहीन बनिरहन सम्भव थियो न त शासकले फ्लाई ओभर बनाउन ३२ अर्व ऋण लिएर मुस्कानसहित तस्वीर खिचाउन सम्भव थियो।
के अझैं पनि समय घर्किएन र पत्रकारिताले आफ्नो प्राथमिकता बदल्ने ? त्यसैले तपाईंहरु जो जो संचारमाध्यमको नेतृत्वमा हुनुहुन्छ या त पत्रकारिता छोड्नुस् या मिडियाको प्राथमिकताको पुनर्संरचना गर्नुस्।
तपाईंहरुले प्राथमिकता बदल्नासाथ टुक्का हानेर राजनीतिको गुजारा चलाउने जोक्करहरु असान्दर्भिक हुन्छन् र राष्ट्रिय आवश्यकताको विमर्शमा योग्यता प्रदर्शन गर्नेहरु अघि आउँछन् र देश अघि बढ्ने ढोका खुल्छ।
के तपाईहरुलाई देश अघि बढेको स्वीकार छैन?
Tripadvisor best nature destinations, 2024.
1.🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
We stand with the Palestinian people in their endeavors to be free from occupation, but in no way stand with Hamas. We stand with the people of Israel, but in no way do we support their government.
You will never live if you are looking for the meaning of life. Fall in love with some activity and do it! Nobody ever figures out what life is all about and it doesn't matter.
Some food for thought for the Politicians of Europe supporting the #US#NATO Proxy War in Ukraine at great cost to their own citizens - Moronic subservience to NATO + Military Industrial Complex means no space for Peace...
Did anyone spare a thought about the Climate impact of shovelling over 3 Billion of Military assistance to Ukraine which is fueling the War? How many #EU countries did a #Climate impact assessment when increasing their Military Budget..? How can you promote War and be #Green ...?
यस पटक रूसी युवा पुस्ताकी चर्चित कवि याना एमकाएर (Яна Мкр) को कवितामा आधारित मेरो भावानुवाद
*******
मेरा बच्चा तिनीहरू जस्ता नहून् (भिडिओ) https://t.co/eGEurV1fvZ
परदेश गएको छोरो
देखिन्छ की भनेर हो की
भ्यू टावरबाट
एउटी आमा
पर क्षितिजको सुर्यलाई
हेरी रहीन, धेरै बेर
सुर्य आफ्नै बाटो लागे पछी
घुडो समाउदै
सीढीहरूमा चप्पल बजाउदै
सुस्केराहरू छोड्दै
ति आमै पनि
बिस्तारै बिस्तारै तल ओर्लीन
भोली फेरी फर्किने आशामा
टावरबाट सबै कुरा नदेखिने रैच