न बा ले भनेको टेरियो, न आफू जानियो, प्रगती, खुबै नहोला जस्तो छ !
नाति खेलाउने आमाका सपना पूरा, सबै नहोला जस्तो छ!
ए गरून् न त हो, उमेर पुगेका लगन जुरेकाले बिहे, आफ्नो त
सुनले गर्दा मागी बिहे अनि, अनुहारले गर्दा भागी बिहे दुबै नहोला जस्तो छ !
दुई चोटि नुन दुई चोटि खुर्सानि छर्काको, अरु के चाहियो र?
त्यसैमा भए भरको मसला सकाको, अरु के चाहियो र ?
नमिठो छ भने रिसाउछिन, मिठो छ भने थपेर दिन्छिन,
एक त लौका त्यसमाथी मेरि प्यारिले पकाको, अरु के चाहियो र?
बा भन्दै काधैमा चड्ने बेला हन्थ्यो!
बहिनी चाहियो मलाई भन्दै लड्ने बेला हुन्थ्यो!
मैले माया गर्छु भन्दा, तिमी नटिमुर्केको भए,
यति बेला हाम्रो छोरो UKG पढ्ने बेला हुन्थ्यो!!🙄