अल्झिदै छु एउटा सानो कथा भित्र
भावना सिमित भैसके,
कथा का पात्र उस्तै छन्
छाँया जस्ताै दायाँ, बायाँ, अघि, पछि
पालैपालो गरि सताउँदै, झस्काउँदै
अल्झाउदै, त्यहि सानो कथा भित्र ।
Leaving you to your home and me riding to my home, for a moment I almost didn't believe I can't get myself home and an intense love rush to my heart, and hope. It was endurable and endurable.
The last act of my love is to let you go, go so far away so you can be with your love forever, while I am letting mine go. Maybe memories are the only ones which stay with me....
तिमी नभएको यो शहरमा
छन त केवल तिम्रा यादहरु
म हिँड्दा डुल्दा ति गल्लीमा
तिमी नभएको यो शहरमा
तिमीलाई स्पर्श गर्ने चाहानामा
तिम्रो झल्को आउने पलहरु
तिमीलाई पर्खने यी पर्खाइहरु
तिमीलाई देख्ने यी आँखाहरु,
मनमा तिम्रा यादहरु लिएर
भौतारिनु पनि त प्रेम नै होला है ....
मेरा सपनाहरुमा आई हेर
यि धमिला अकृतिहरु
आकृति भन्दा बढी
अस्पष्ट स्वरहरु
जहाँ स्मृतिका पानाहरु जोडेर
लेख्न सक्छौ तिमी
अनगिन्ती पीडाहरुको अभिलेख ....................