सपना प्रधान एक सक्षम, चरित्रवान तथा नेतृत्वदायी श्रीमान् हुनुहुन्छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गर्दा वरिष्ठता मिच्न पाइँदैन भनेको होइन। पाइन्छ। तर उहाँका हकमा वरिष्ठता मिचिएका वस्तुगत आधारहरू के–के हुन्? किन बलियोसँग स्थापित परिषदीय परम्परालाई निर्वाह गरिएन भन्ने प्रश्नले जवाफ माग्दछ।
https://t.co/P11RYXyEt6
Members of Parliament and ministers from Rastriya Swatantra Party also lie more frequently, just like those from other political parties. They say that something will be done, but they never actually do it! “Lies are the children of Lucifer."
उतेबेला न बाटो न गाडी, न अस्पताल न औषधि। त्यस्तो समयमा UMN ले त्यो बिकट ठाउंका जनतालाई स्वास्थ्य सेवा पुर्याउन स्थापित Mission अस्पताल! त्यसको राजा महाराजा त्यतिबेला बिदेशीहरुसंग भिख माग्दैथिए बाटोघाटो बनाउनलाई! यस्तो संस्थालाई बेला बेला धर्मप्रचारको आरोप लाउंछन् तोरी जीबिहरू।
"One of democracy's gravest deficiencies is that the majority sometimes elects unworthy representatives, causing substantial suffering among the poor and disadvantaged, even in a democratic society."
वर्तमान माननीय गृहमन्त्रीका विभिन्न क्रियाकलापहरु सम्बन्धि उठेका प्रश्नहरुलाई उहाँले आफ्नो सामाजिक संजालमार्फत दिनुभएको स्पष्टिकरणप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा, उहाँमाथि लागेका गम्भीर आरोपहरूको स्पष्टिकरण उहाँले सामाजिक सञ्जाल, फेसबुकमार्फत दिनु भनेको विधिसम्मत प्रक्रियालाई हल्का बनाउनु र संस्थागत विश्वसनीयतामा आघात पुर्याउनु हो। यदि यस्तो अभ्यास स्वीकार्य बनाइयो भने, भोलि प्रत्येक सम्पति सुद्धिकरणको मुद्दा खेपीरहेका वा अन्य फौजदारी अभियोगमा परेका व्यक्तिले पनि सामाजिक सञ्जालमै लेखेर आफू निर्दोष भएको दाबी गर्दा भयो। राष्ट्रको गृहमन्त्री जस्तो पदमा आसिन व्यक्तिले यस किसिमको स्पष्टिकरण सामाजिक संजालमा दिएर हल्का बनाउनु/ बनाईनु हुँदैन।
यो उहाँको व्यक्तिगत अभिव्यक्तिको विषय होइन। यो संस्थागत मर्यादाको प्रश्न हो। यस्ता गम्भीर आरोपहरू निष्पक्ष छानबिनबाट मात्रै टुंगिनुपर्दछ, स्वयंम् घोषित स्व-प्रमाणिकरणबाट टुंगिनु/टुंग्याईनु हुँदैन। सिद्धान्त स्पष्ट छ: कुनै पनि व्यक्ति आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन सक्दैन। त्यसैले पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न गृहमन्त्रीले पदबाट अलग भई स्वतन्त्र छानबिनको सामना गर्नुपर्दछ, र निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारी सम्हाल्नुपर्दछ। अझ महत्वपूर्ण कुरा त: उहाँले पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रुपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु भन्नु भएछ। गृहमन्त्रि ज्यूले पार्टीको निर्णय हैन, देशको आधिकारिक राज्य संयन्त्रको निर्णयमा चल्ने हो। आधिकारिक राज्य संयन्त्र पनि आफैं हाँक्ने र अनुसन्धान पनि आफैं गर्ने भन्ने हुन सक्दैन। अनुसन्धान गर्नका लागि गृहमन्त्री ज्यूले मार्ग प्रशस्त गर्नुपर्दछ।
राईट टु रिकल सुदन ब्रोको हकमा लागु हुन्छ कि हुदैन? जब हाम्रा मानिसलाई धरपकड गर्न थाल्छन् नि! तिम्रो सत्ताको काउनडाउन शुरू हुन्छ। उतिबेला ओलीले हामीलाई देश निकाला गर्छु भन्थे, उनी जेल परे। ह्वात्तै उम्लिने दुध व्हात्तै पोखिन्छ।
नेपालको महाबाणिज्यदुतको कार्यालयलाई दुईपटक email पठाए, तर बरू ढुंगाले जवाफ देला तिनले जवाफ दिनेवाला छैन। त्यस्तालाई पराष्ट्रले तुरून्तै किन फिर्ता नबोलाएको? @shisir , @MofaNepal
@RabindraMishra होईन हौ रबिन्द्र सर, ज्ञानेन्द्र प्रति तपाई किन यति सारो Addicted भन्या? राजा ल्याउनलाई जनताले भोट दिएको हो र? राजा ल्याउनलाई हो भने राप्रपालाई नै जिताई हाल्थे नी! तपाई जस्तो मान्छे यस्तो बेतुकको कुरा नगर्नुस न! आज भन्दा १५ वर्ष अघिको तपाई प्रतिको सम्मान र आजको अवस्था हेर्नुस् न।