ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन र संविधान दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!
आजदेखि देशभर वडा तहबाटै कांग्रेसको ऐतिहासिक लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको छ। गाउँ, नगर र वडा-वडामा नयाँ उत्साह र उर्जा छाएको छ।
यो ऐतिहासिक अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुटौँ।
जय नेपाल!
रवीजी आफ्नो भाषण आफै लेख्नुस् । जुन भाषण सामुन्नेका दर्शकसँग आँखा जुधाएर भन्दा बारबार निहुरिएर पढ्नुपर्ने हुन्छ, त्यसलाई जतिसुकै नाटकिय रुपमा पढे पनि असर बेअसर हुन्छ । त्यो जतिसुकै भारिकम भावुक शब्दले भरिएको होस्, कसैले महशुस गर्न सक्दैन । @hamrorabi
जननायक बी.पी. कोइरालाप्रति हार्दिक श्रद्धासुमन।
भाद्र २४ केवल बी.पी.को जन्मजयन्ती मात्र रहेन, गत वर्षको त्यो हिंसात्मक घटनाको सम्झना पनि हो।
भाद्र २३ को दमन र २४ गतेको हिंसाका दोषीहरूलाई निष्पक्ष छानबिन गरी सजाय नदिएसम्म राज्य जवाफदेही हुन सक्दैन। राज्यमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन ।
सुरुङ भित्र मान्छे फस्दाको त्रासदी हामीले व्यहोर्यौ। भदौ २३ र २४ को मानवसभ्यताको सबै भन्दा क्रुर घटनाले हजारौं वर्षको स्वाभिमान र स्वाधीनता भएको देशलाई क्षणभर मै सुरुङ भित्र पसायो। अब सुरुङ भित्रै सुशासन खोज्ने या सुरुङबाट पहिले देशलाई जीवितै उद्धार गर्ने ? हाम्रो हातमा छ ।
आदरणीय प्रदीप गिरि दाइको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। उहाँसँग बिताएका पलहरू, उहाँबाट पाएका प्रेरणा र राजनीतिलाई हेर्ने उहाँको फराकिलो दृष्टिकोण मेरा लागि सधैं मार्गदर्शन बनिरहनेछ।