@me_sherya पाउराेटी खाने सम्म भनेकाे कुरा त ठिकै हाे, त्यस भन्दा वाहेककाे कुरामा तपाईंकाे ओैकातले भ्याउने कुरा हाे र…?? मान्छेले ओैकातले भ्याउने कुरा गर्याे भने मात्र पत्याउंछन के…!!
मन्त्रीहरुनै जाेक भन्ने र कमेडी गर्ने भए पछि असली कमेडियन र तिनका टेलीभिजन प्रस्तुती पाे धरापमा पर्लान भन्ने डर भयाे…!!
हुन त प्रधानमन्त्रीनै साहित्यिक र गायन कलाकार भएकाे देशमा उनका मन्त्री जाेक भन्ने कमेडियन हुनु के ठुलाे कुराे भयाे र…!!
अमेरिकाका तत्कालिन राष्ट्रपती वील क्लिन्टनकाे माेनिकन लाेवेन्स्की संगकाे याैन प्रकरण मिडियालेनै उजागर गरेकाे थियाे, त्यहाँ कुनै पत्रकारलाई जेल पठाईएकाे थाह पाईएन, वरु राष्ट्रपतीनै झण्डै झण्डै महाअभियाेगकाे शिकार भएका थिए…!!
आलाेचना गर्ने, कृत्यका तथ्य बाहिर लेराउने अनि विराेध गर्नेहरुकाे मुख बन्द गर्न कुनै न कुनै तरिका लगाएर जाक्ने कार्यले प्रश्नय र निरन्तरता पाउने परिस्थितिकाे सुरुवात हुन थालेकै हाे त…!!! प्रसङ्ग: पत्रकार किशाेर श्रेष्ठ पक्राउ र जनआसथाकाे कम्प्युटर।जफत प्रकरण…! #अभिव्यक्ति
चुनावमा जितेकाे सिट संख्या १८२+१ एक कम दुईतिहाई, सत्तामा मान्छे पुग्याे, पुग्याे मात्रै हाेईन छ्यालव्याल भयाे तर सदनमा उपस्थिति खाली, ओैंलामा गन्न पनि लाज लाग्ने....!!! गज्जवकाे जनताकाे प्रतिनिधित्वयुक्त भुमिका निर्वाह हुंदैछ देशमा #टिनङ्ग_टिनिङ्ग
चश्मा पनि फुस्किएछ, भेटघाट पनि भएछ…!
अक्कड, घमण्ड ताेडिएकाे हाे कि परिपक्वता र जिम्मेवारीवाेधयुक्त विवेककाे विर्काे खुलेकाे हाे…! देशकाे हित र राष्ट्रिय स्वार्थका लागि वांकि संग पनि यस्ता भेटघाट भई रहाेस…! अक्कड हटाेस तर अक्कल र परिष्कृता वढाेस…! अपेक्षा सहितकाे शुभकामना…!!!
सुनसरीमा चलेकाे गाेली प्रधानमन्त्री वा गृहमन्त्रीले चलाएकाे हाेईन है, पुलिसले चलाएकाे हाे…! भदाै २३ मा वानेश्वरमा चलेकाे गाेली मात्र तत्कालिन प्रभानमन्त्री र गृहमन्त्रीले चलाएकाे हाे…!!!
कुराे यसरी बुझ्नु पर्छ आजकल…!!
दाैडन लाई एक्सप्रेसनै दाैडिएकाे छ, शङ्का रहेन तर दावा गरिए जस्ताे एक्सप्रेस वे मा हाेईन विकृत वे मा...!! त्यसमा पनि रित्तै र अनुकुल नलागेका र नदेखिएकालाई ठाेक्दै … #सयदिन
प्रतिव्यक्ति आय मुश्किलले हजार १२ सय डलर रहेकाे मुलुककाे सत्ताका नालायकहरु सडक जरिवाना चाहिं प्रतिव्यक्ति आय ४०-५० हजार डलर हुने मुलुकका नागरिकलाई लगाउने जस्ताे लगाउन पर्छ भनेर वकालत गर्छन…! के खाँदा यस्ताे बुद्धि आउने हाेला…!
उता भारततिर पानी वांड्ने काेहि नभएरै त हाेला नी जेन-जी आन्दाेलमा देश तथा ब्यक्तिकाे भाैतिक सम्पत्ति, जेल आदि जलाउने, फुटाउने, व्यक्तिलाई ढुङ्गा-रडले हान्ने काेहि पनि भएनछ…¡ ति सव भए मात्र आन्दाेलन, परिवर्तन गरिएकाे मान्ने र व्याज बापत सत्ता पाउने त नेपालमा मात्रै हाेला शायद…!
३५ वर्ष पुरानाले लुटे भन्ने भाष्य मिडिया र सामाजिक संञ्जालवाट निर्माण गरेर दिनहुं तिनलाई धारेहात लगाउंदै गर्न हुने नहुने कृत्य गरेर त्यसैकाे वलमा सत्तामा पुगेकाहरुले सत्तामा पुगेकाे ३५ काे दुगुना दिन नकटाउंदै अर्वमा चलखेल, लुट र, छलछाम गरेकाे समाचार आउन थालेछ…! #हैट_जान्नेहरु…