मन्त्री थप्न आवश्यक परे खेलकूदलाई फुटाएर “खेल” र “कुद” मन्त्रालय बनाउने प्रवृति थियो।
अहिले १८ मन्त्रालय मात्र राख्ने भनेको सुन्दा कर्णप्रिय लाग्ने!
(नोटः मसमेत सदस्य रह���को अधिकारसम्पन्न सङ्धीय प्रशासनिक पुनःसंरचना समितिले संघमा १५ मन्त्रालय मात्र रहनुपर्छ भनेर सुझाएको थियो।)
यो निर्वाचनले -
-यो प्रणालीमा कसैको बहुमत आउँदैन भन्ने भाष्य खारेज गर्यो
-संगठनमा आधारित दलको भविष्यमा प्रश्न उठायो
-जातीय /क्षेत्रीय दल सकिए (अपवाद श्रम संस्कृति)
- मतदाता दल-प्रतिवद्द छन्, मत फेर्दैनन् भन्ने अनुमान गलत ठहर्यायो
-कम्युनिष्ट���्रति बढेको वितृष्णा प्रकट गर्यो
यसपालि भक्तपुर-१ मा मादल नबज्ला जस्तो छ। नेमकिपाको अभेद्य अखडामै धावा बोलेकाले घण्टी चिह्नललाई सलाम गरेँ मैले। त्यहाँ पनि जित्ने भनेपछि अन्यत्रको जित त सामान्य हो। २०१५ पछि 'नेपालमा लालको बेहाल' गराउने अर्को खबर!
वक्तृताको कुरा छाडौं,ल भैगो।गगनको’गनगन’भन्दा बालेनको अपीलिंग हाउभाउ र दुइ-चारोटा’सहृदयी’वाक्य नै मन पर्यो रे।
तर शासकीय ज्ञान,अनुभव र सहकार्यात्मक नेतृत्वको मानकमा उनी कहां उभिन्छन्?के उनको पालाको शहर सबैको हुन सक्यो?के प्रश्नबाट सधै टाढिएनन् उनी?
प्रश्न अब आफैतिर है🙏
चुनावकाे सरगर्मी बढ्दै जाँदा मैले प्रदीप गिरीलाई सम्झिएँ । प्रदीप गिरी भन्थे-
नेपालमा जसले सबभन्दा चर्काे स्वरमा भारतकाे बिराेध गर्छ , त्याे भारतकाे भरिया हाे।
ठूल्ठूला स्वरमा जसले राष्ट्रवादी हुँ भन्छ, त्याे ठग हाे।
जसले जति चर्काे स्वरमा भ्रष्टाचारीलाई ठेगान लगाउँछु भन्छ, सत्तामा पुगेपछि त्याे झन् ठूलाे भ्रष्टाचारी हुन्छ।
त्यसैले, जसले नरम स्वरमा र सन्तुलित तवरले बाेल्छ, चर्का कुरा नगरी साधारण कुरा गर्छ, त्याे इमान्दार हाे।
गरे भलाे त्यही नेता र शक्तिले नेपालकाे भलाे गर्छ, नत्र अरु कसैले गर्दैन। अरु सब चटके, ठग र बेइमान हुन् ।
‘महाधिवेशनमा जाँदा केपी ओली र प्रचण्ड आउने हो र ? कांग्रेस नै आउने होइन ? यसैले किन खुट्टा कमाएको ? कांग्रेस हिजो पनि एकढिक्क��� थिएन । भोलि पनि हुने यस्तै हो । प्रतिस्पर्धा भएकै आधारमा कांग्रेस एकढिक्का हुँदैन भनेर समयमा महाधिवेशन नगर्ने कुरा मान्य छैन ।’https://t.co/Zlq4gcfLVO
नेपाली कांग्रेस पार्टीको अधिवेशनका बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु, तपाईंहरूको साथ अपरिहार्य छ। साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ। जय नेपाल।
विश्वविख्यात विश्वविद्यालयको डिग्री, आरामको जागीर, पारिवारिक बौद्धिक विरासतलाई छेउतिर लगाएर संगीत-सागरमा हेलिएकी सुम्निमा ‘रकस्टार’का रूपमा उदाएकी छन्।
✍️ राजकुमार बानियाँ (@RajKumarBaniya) को रिपोर्ट
https://t.co/X0rIKsdQ6L