म बसिरहेछु सिगरेट पिएर
धुवाको मात लाग्दैन किन हो ?
'गाँजाको पिए पो हुन्छ' आवाज आयो,
मैले भने,
ठिकै हो नशालु चीज ऊनि मात्र हुन सक्दिनन् !
मैले यत्रो जिन्दगी खेर फाले उनैलाई सम्झिएर !
-
अलिकति घाम अलिकति पानी छ
तिमी छौ र त सुन्दर जिन्दगानी छ
भन्नलाई त यो मन मेरो भनेको छु
नढाटीँ भनुँ भने तिम्रै मनोमानी छ
झ्याप्प सहिछाप लागेको मसँग नी
त्यो मन डुल्ने एउटा राहदानी छ
💐❤️💐