मलाई थाहा छैन पाप अनि पुण्य के हो, बस यति थाहा छ मलाई, आफ्नो कारणले कसैको मन दुख्छ र आँसु झर्छ भने त्यो पाप हो, अनि आफ्नो कारणले कसैको अनुहारमा खुशी र मुस्कान आउछ भने त्यहि नै पुण्य हो,,!!
खुसी पोखाउने,दुख लुकाउने
कोहि त चाहिने रहेछ
हैन भने,
यी मनका उज्याला -
छिटाहरू
कहाँ बगाउँथे होला म?
तिमी थियौ,
त्यसैले म हाँसेँ
तिमी थियौ,
त्यसैले म भत्किएँ
तिमी छौ र म भरिन्छु
तिमी छौ र म रित्तिन्छु
तिमी नहुदो हो त
म यति उज्यालो
यति खुसी
कहिल्यै महसुस गर्न सक्दिन थिएँ |