साथी हो,
म त बाटैमा छु !
---
जुगौं भो, आँसु यो
अल्झियो आँखैमा
रुमाल रोप्यौ कि
रोपेनौ पाखैमा...
साथी हो,
म त बाटैमा छु !!
#Bataima#Susela
https://t.co/lDwFHtolhY
त्यसपछि
पिठ्युँमा भारी बोकेर हिँड्दाहिँड्दै टक्क उभिनेछ कुनै भरिया
सिङ्गो जुनीमा पहिलो चोटि मुस्कुराउनेछ दिल खोलेर
र, बात मार्नेछ आफैंसँग-
खोइ कसले हो
सोचेछ मेरा बारेमा पनि ।
https://t.co/nDnsyYvpan
हुनेवाला सत्तासीनहरूसँग यस जुगप्रौढ सवालको जवाफ छ ?
''दुई आँखाको गहभित्र हेर्छु देशको ऐना
कहिले होला नेपालीलाई लौ नि तारू सुख, शान्ति, चैन ?''
https://t.co/r8ymzRDxLU
मिडियाकर्म:
-कहिले कम्निस्ट किन बढे ?
-कहिले कम्निस्ट किन सक्किए ?
अनि उत्तर पनि सजिलो:
-चुनाव जिते, बढे !
-चुनाव हारे, सक्किए !!
😀😀
#Communist#nepalicommunist#marxism
मुर्दाको जीवन
–
पाँच वर्षपछि
मुर्दा ठिङ्ग उभियो
र भन्यो–
“म किन मरें,
मलाई थाहा भइसक्यो!”
दश वर्षपछि
मुर्दा जुरुक्क उठ्यो
र भन्यो–
“आफ्नो आत्महत्याको कारण
मैले पत्ता लगाइसकें!”
.....
.....
–सङ्गीत
भुइँको मान्छे सधैँभरि
किन भुइँको भुइँ ?
-
चालक सिट
मतापसित
गर्छ चुइँ चुइँ-
भुइँको मान्छे
सधैँभरि
किन भुइँको भुइँ?
गन्तव्यमा टुट्छ किन
छिनभरको नाता?
यही हो सवाल,
यही हो कथा,
यही हो जीवन-शिक्षा
सखी हो, सखी हो
रिक्सा रे रिक्सा, आयो रिक्सा
https://t.co/5Vbq4z3jKg
नेपाली राजनीतिको आगामी बाटो कठिन त छ तर कुरूप छैन!
गगन टिमले थालेको काङ्ग्रेस पुनर्गठन-नवगठनका विद्रोही कम्पन बिस्तारै सामाजिक जीवनमा पनि महसुस गरिनेछन्। यसबाट गैरकाङ्ग्रेसी वृत्तले पनि लिन सक्दा गतिलो शिक्षा हुनेछ, लिन नसक्दा हैरानी र दिग्दारी मात्रै लाग्न सक्छ।
भेटवार्तामा नेपाल र जर्मनीको कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय मञ्च र मोर्चाहरूमा ऐक्यबद्धता र सहकार्यको आवश्यकता लगायत विषयमा कुराकानी भयो। साथै, भेटमा अध्यक्ष गाबीले थालनीलाई एमएलपीडी (MLPD) को पार्टी झण्डा चिनो स्वरूप हस्तान्तरण गर्नुभयो।
जर्मन कम्युनिस्ट पार्टी (MLPD) का अध्यक्ष कमरेड गाबी फेचनर र नेता कमरेड सगिटाको टोली र थालनीका संयोजक कमरेड सङ्गीत, प्रतिरोधका संयोजक कमरेड प्रमोद धितालसहितको टोलीबीच १२ डिसेम्बरमा (मङ्सिर २६) भेटघाट र दुईपक्षीय सहकार्यसम्बन्धी विचार आदानप्रदान सम्पन्न भयो।
#थालनी#MLPD@mlpdde