उपन्यास इथामा महायज्ञ सम्पन्न गरेपछि, यज्ञकी मुख्यकर्ता सैरन्द्री समापन मन्तव्य दिँदै भन्छे—
“हे तथागत बुद्ध, हे महामुनि महावीर, हे आचार्य सुकदेव, हे किराँत धर्मका सेवक पोरोक्मी याम्फामी, हे विदुषी गार्गी, हे महाज्ञानी अष्टावक्र, हामीलाई वेद, विनय पिटक, सूत्र पिटक, अभिधर्म पिटक, मुन्धुम, आगम सूत्रका महान् श्लोक र सन्देश सुनाई यो जीवन धन्य बनाइदिनुभएकोमा सादर प्रणाम।”
“प्रिय महामन, म आज निश्चिन्त भएँ। सबै धर्मको सार एउटै हो। सबै ज्ञानको सार एउटै हो। सबैको ईश्वर एउटै हो। सबैको प्रकृति एउटै हो। सबै जाति एउटै हो। सबै आत्मा एउटै हो। र सबैको परमात्मा पनि एउटै हो। यसरी मैले आज मेरा सबै प्रश्नको उत्तर पाएँ। मैले बुझेँ, संसारको श्रेष्ठ धर्म हो मानव धर्म। संसारको श्रेष्ठ आत्मा हो सृष्टिको तेजमय आत्मा। संसारको श्रेष्ठ कर्म हो सत्यको साधना। संसारको श्रेष्ठ ज्ञान हो तत्त्वज्ञान। संसारको श्रेष्ठ सम्बन्ध हो जीव, आत्मा र परमात्माको सम्बन्ध। स्वर्ग त्यहीँ छ, जहाँ सत्य, न्याय र धर्मको बास हुन्छ। मलाई ज्ञानको यो अद्भुत उज्यालो दर्शन गराइदिनुभएकोमा म सबै महामानवलाई धन्यवाद दिन चाहन्छु। सबैलाई हृदयबाट नै जयजयकार गर्न चाहन्छु।”
आपसी प्रेम र सद्भावले मनका विकारहरू फालौँ र जीवनलाई धन्य–धन्य बनाऔँ। सबैको जय होस्। 🙏🌹
नेताहरुअधिकांशलाई मन नपर्नुको कारण यिनीहरु आम नागरिकभन्दा अलग्गै भएको,जीवनशैली बेग्लै भएकाले थियो।
मान्छेहरुलाई लागेको थियो,रास्वपाका नेताहरु हामीजस्तै हुन् ।तर, ती आम नागरिकजस्ता थिएनन्।
यसमा गल्ती कसैको छैन।
मलाई चाँहि यही विन्दूबाट सरकारप्रतिको विकर्षण शुरु भयो जस्तो लाग्छ।
बालेन सरकारका मन्त्रीहरूले राजनीतिमा आउनुअघि नै दुःख गरेर पैसा कमाएका हुन् भन्नेहरू हो, त्यसो भए भाटभटेनीका साहु मीनबहादुर गुरुङ र चन्द्रागिरि केबलकारका साहु चन्द्र ढकालले चाहिँ घोडाको फूल खेलाएर पैसा कमाएका हुन्?
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
यो देशका पूर्वप्रधानमन्त्री , पूर्वउपप्रधानमन्त्रीको त हालत छ । साथीहरु एक थान माननीय पहिलोपटक बन्दा फुर्केको देखेर म भावुक हुन्छु । धेरै फुर्किनु परेन, आफूलाई जिताएको क्षेत्रमा गएर बुझ्नु- भोट आफूलाई आएको हो कि घण्टीलाई आएको हो? भोट बालेन्द्रको नाममा हो कि आफ्नो नाममा आएको हो?
शासन गर्ने पाँच गुणहरु:
-उदार तर खर्चालु नहुने,
-बोझ दिने तर मन नदुखाउने,
-महत्वाकांक्षी तर लोभी नहुने,
-उच्च बिचार तर घमण्डी नहुने,
-कठोर तर क्रुर नहुने।
-कन्फ्युसियस
‘युद्ध सकिएपछि व्याख्याको भिडन्त (युद्ध ) सुरु गर्ने एउटा आम विश्वव्यापि चलन छ ।’
चुनाब सकियो नतिजा पनि आयो अब-
एमाले— कांग्रेस— माओवादी लगाएतको लज्जास्पद हारपछि, सवैले कहॉ चुकियो,किन पराजीत भईयो आदि/ईत्यादि भन्दै आत्माआलोचित होलान र समिक्षाको बहस निकट भविष्यमै गर्लान ।
हुनत; चुनाब हार्दाको पिडा, पुराण सुन्दाको ज्ञ्यान र मलाम जादाको बैराग धेरैदिन टिक्दैन भन्छन ! ;)
जनताको मन भाँचिएको कुरा पुरानो राजनीतिले बुझेन।
उल्टै यो चुनावताका धेरै नेता, बुद्धिजीवी र विश्लेषकले पुरानै राजनीतिको ‘क्लिष्ट’ भाषा र भाष्यको बलमा आम जनतालाई ‘कुरा’ बुझाउन निकै प्रयास गरे।
अन्ततः आम जनताले मतपत्रको माध्यमबाट आफ्ना कुरा सबै बुज्रुगहरूलाई बुझाइदिए।
भा’को यही हो!
रास्वपाले प्राप्त गरेको यो विजय घमण्डमा रमाउँदै अरूलाई गाली गर्न होइन; जनताले दिएको भरोसालाई उत्तरदायी नेतृत्व, पारदर्शी शासन र परिणाममुखी कार्यमा रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी हो ।
यो चुनावको सबैभन्दा बलियो पक्ष नयाँ पुस्ताको राजनीतिक सहभागिता र क्रमभङ्गता हो। यो चुनावले धेरै कुरामा ०४६ पछिको निरन्तरता तोड्नेछ 👍️।
यो चुनावको सबैभन्दा कमजोर पक्ष यसले राजनीतिक चरित्र गुमाउनु हो। ०१५ सालदेखि यता भएका सबै चुनाव एजेन्डा–केन्द्रित थिए। तर यो चुनावमा फगत ‘देश बनाउने’ नारा छ, तर कसरी देश बन्छ, त्यसको खाका र एजेन्डा छैन 😪।
सुनिल सेट्टी लाई सुर्तीजन्य पदार्थको विज्ञापन गर्न ४० करोडको अफर आयो..., सिधैं अस्वीकार गरिदिए। नेपालका एक उमेदवार लाई सुर्तीजन्य पदार्थ व्यपारीको ८ करोडको डिफेन्डर गाडी आयो, सिधैं चढेर हिडिदिए। भोगी र ढोंगी नेपालमैं जन्मिएका छन् सबै।
जब ठूला राजनीतिक दलहरू वैचारिक रूपमा नग्न बन्छन् र नयाँ शक्तिहरू केवल सत्ताको सर्टकट रोज्न थाल्छन् तब समाजमा एउटा खतरनाक वैचारिक मरुभूमि सिर्जना हुन्छ ।
र यही मरुभूमिमा पपुलिज्म को मृगतृष्णा पलाउँछ ।अनि सिद्धान्त मरेर भीड जन्मिन्छ ।