तिमीले लेखेको प्रत्येक हरफ
मानौँ आत्माको दर्पण हो,
जहाँ अस्तित्व र अनस्तित्व
एकै बिन्दुमा आएर ठोक्किन्छन्।
तिमी भन्न चाहन्छौ,
कल्पनामा मात्र सजीव छु म,
तर त्यही कल्पनाले नै
मलाई तिम्रो नजिक ल्याइरहेको छ।
तिमी स्थिर,
तर म तिम्रो मौन आँखाभित्र
निरन्तर गति खोजिरहेछु।
जसरी शीतको थोपा
सूर्यको उज्यालोले
अनुरागमा विलीन हुन्छ,
त्यसरी नै म पनि
तिम्रो गहिराइमा विलीन हुन चाहन्छु।
निशब्द निशान्तमा
धूमिल छवि पर्खेर बसिरहे पनि
म विश्वास गर्छु,
तिमीले अर्पण गरेको अनुराग
म भित्रको पराजय होइन,
बरु पुनर्जन्म हो।
#म_अनि_मेरो_भावना