सायद दूरीले प्रेमलाई कम गर्दैन,
बरु झन् गहिरो बनाउँछ।
त्यसैले त तिम्रो सम्झनाले छोएका
ती कोमल स्पर्शहरू आजकल
अझ आवेगयुक्त बन्दै छन्।
मनको हरेक कुनामा
तिम्रो उपस्थितिको अनुभूति छ,
र हरेक धड्कनले तिम्रै नाम
मौन रूपमा दोहोर्याइ रहेको छ।
प्रेम जब आत्मा सम्म पुग्छ,
तब स्पर्शहरू शरीरमा मात्र होइन,
भावनाहरूमा पनि महसुस हुन थाल्छन्...!! 🖤
#म_अनि_मेरो_भावना
तिमी आएछौ
महसुस गरें मैले
हेर्न त बन्देज लगाकी छौ
अनेक पर्दाहरूले ढाकेर
स्वयंलाई छोपेकी छौ
मेरो नजरहरू नलागोस भनेर
र पनि चाल पाए
तिम्रा पदचाप का ध्वनीहरू
मेरो कानैमा गुञ्जिए
तिम्रो मिठास
मेरो नाकमै ठोक्किए
सोच्दै थिएँ,
तिम्रो अविरल यात्रामा
मैले
विराम पो लाएछु की ? ♥️
.. ... 🌿
तिमी आएछौ
महसुस गरें मैले
हेर्न त बन्देज लगाकी छौ
अनेक पर्दाहरूले ढाकेर
स्वयंलाई छोपेकी छौ
मेरो नजरहरू नलागोस भनेर
र पनि चाल पाए
तिम्रा पदचाप का ध्वनीहरू
मेरो कानैमा गुञ्जिए
तिम्रो मिठास
मेरो नाकमै ठोक्किए
सोच्दै थिएँ,
तिम्रो अविरल यात्रामा
मैले
विराम पो लाएछु की ? ♥️
म भेट्छु तिमीलाई,
हर बिहान
आँखा नखोल्दै,
मनको कुनामा,
हरेक साँझ
पवनको स्पर्शमा
अनि
हरेक रात सपनीमा💖
प्रेमको परिभाषा
शरीरले होइन,
मनले लेख्ने रहेछ,
शब्दमा होइन,
भावनामा व्यक्त हुने रहेछ
मेरो सच्चाईको भावनामा,
लुकेको तिम्रो एक झुट।
कुनै कसर नछोडी गरिएको
तिम्रो प्रेमिल नाटक,
र पनि
तिमी त लेखियौ सजियौ मेरै कवितामा
तर
म मेरै जिन्दगी बाट च्यातिएँ।
तिम्रो स्वार्थी प्रेमसँगै,
तिम्ले गरेको अकल्पनीय,अतुलनीय घात
अनि मैले तिम्लाई गरेको
सच्चा प्रेमको बदलामा।
मेरो मृत्युको खबर सुनेपछि
एक छाक नुन बार्छौं,
कि दुई थोपा आँसु झार्छौ?
🚨🗣️ Vozinha: "I was picking garbage at the age of 25, but like Messi I've never stopped trying in my life & now I'm here putting a cleansheet against the European champions." 🥹
तिम्रो बेमतलबलाई पनि
मैले मतलबको नजरले हेरेको छु,
आफ्ना नजरलाई तिम्रा
बेवास्ताका नजरहरु संग जोगाएर
तिम्रो ख्याल राख्ने गरेको छु,
आफू रित्तिएर तिमिलाई
पुर्ण भएको देख्न खोज्दै छू,
तिमिले चाहेर बढाएको दुरिलाई
निकटताको महशुस गरि सदैब
आफ्नो मानेको छु,
यो भन्दा बढि के गर्न
सक्छू