अवधारणा पेश गर्ने औपचारिक सुचना - अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८३ कात्तिक २७ गते शुक्रबार | नेपाल सम्बत ११४७ कछलाथ्वः चतुर्थी
विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ बमोजिम विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कार्यमा लगानी गर्न मन्त्रालयअन्तर्गत विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन कोष रहने व्यवस्था रहेको छ। उक्त कोषब���ट खर्च हुने गरी मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्रमार्फत देहाय बमोजिमका क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनको तयारी गरिरहेको छ। अतः त्यस्ता केन्द्रहरु स्थापना गर्नका लागि सम्बन्धित क्षेत्रका वैज्ञानिक तथा विज्ञ, अनुसन्धानकर्ताहरुबाट लागत अनुमान सहितको अवधारणापत्र यस मन्त्रालयको इमेल ठेगाना [email protected] तथा ह्वाट्सएप नं. ९८४१५९२३६१ मार्फत उपलब्ध गराइदिनु हुन यो सूचना प्रकाशित गरिएको छ।
देहायः
(क) औद्योगिक/कृषि औजार, उपकरण तथा मेसिनरी (Industrial /Agricultural Tools, Equipment and Machineries) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ख) व��द्युतीय तथा इलेक्ट्रोनिक्स (Electrical and Electronics) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ग) स्वस्थ खाद्य परिकार तथा पेय पदार्थ (Healthy Foods, Beverages and Drinks) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(घ) ड्रोन तथा एरोनटिकल (Drones and Aeronautical) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ङ) आयुर्वेद, जडीबुटी तथा वन पैदावार (Ayurveda, Herbal and Forest Products) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(च) बायोमेडिकल इन्जिनिय���िङ (Biomedical Engineering) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(छ) कृषिजन्य फोहोरको मूल्यवर्धन (Agricultural Waste Valorization) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ज) माथि उल्लिखित विषयबाहेक राष्ट्रिय आवश्यकता र प्राथमिकताका अन्य नवीन तथा उदीयमान प्राविधिक क्षेत्रका जुनसुकै विषयहरू । 🙏🙏🙏
साथै, उपयुक्त अवधारणापत्र पेश गर्ने व्यक्ति वा संस्थालाई मन्त्रालयबाट कदरपत्र सहित सम्मान गरिनेछ ।
छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहा��ीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ।
यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शी��्र र प��र्ण स्वास्थ्यलाभको कामना गर्दछु।
घाइतेहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।
१६ वर्षीया सदिक्षा ओलिले आफैँ अघि सरेर गाउँमा काठको पुल बनाएकी छन्, रुकुम पूर्वमा चार महिना अघि पुल भत्किएपछि उनले पटक पटक आफ्नो क्षेत्रको सांसद प्रचण्ड र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरे पछि उनी आफैँ सकृय भएर पुल बनाएर सम्पन्न गरेकी छन् । ❤️🙏🏻