आन्तोन चेखभको कालजयी नाटक "The Swan Song" को नेपाली अनुवाद "अन्तिम गीत" को मञ्चन मार्फत सुनिल पोखरेलको जीवन्त अभिनयसित साक्षात्कार- एक वृद्ध कलाकारको आत्मालाप, एक्लोपन र स्मृतिदंशको कथा !!!
#AntonChekhov#Drama#NepaliTheater#ShaileeTheater#SunilPokhrel
झँ-पल सार्त्रको नाटक "La Putain Respectueuse" को नेपाली एडप्टेसन "मिस मेनुका"को जीवन्त मञ्चनले सामाजिक विभेद, राजनीतिक छलकपट माथि एक संवेदनशील यौनकर्मीको भोगाई मार्फत समकालीन समाजको यथार्थ परिदृश्य प्रस्तुत गरिएको छ । सरिता गिरीको बेजोड अभिनयले नाटकको कथा वाचन भव्य बनेको छ ।
"The City And its Uncertain Walls" - another master stroke of #HarukiMurakami. Murakami's story telling takes you in an imaginary world of dreams, individuality & eccentric world of his characters. Subconscious & Surreal like a magical realism !!!
#Novel#Murakami
इतिहासका दुःखद् स्मृति र धारावाहिक दुःस्वप्न देख्न अभिशप्त, आत्मपीडनमा बाँचिरहेको एक पत्रकारको एकालाप र बकपत्र हो यो । साथै सपना, राजनीति र धोकाको अनवरत श्रृङ्खलाको आख्यान र हाम्रो लोकतन्त्रको कुरूप अनुहारको कोलाज क्यानभास हो - " जगज्जननी उसकी आमाको नाम होइन " !!! @bnarayand
David Szalay’s "Flesh" - bleak & detached, seductive journey of István, dark side of his unravelling life. Is masculinity matter above all ? It's a bit disappointment as a Booker Prize winner 2025 !!!
#BookerPrize#fiction#winner2025
An astonishing & deeply captivating memoir ! With breathtaking honesty,Arundhati masterfully unveils the complexities of her bond with her mother,Mrs. Roy,& the deep resonance of her many loves.Prolific work that transforms a personal history into an unforgettable literary voyage
एउटा बेग्लै स्वादको नन फिक्सन हो "श्री ५ को सेवामा"।पञ्चायती कालखण्डमा एकजना संरक्षणविदले भोगेको नेपालको प्रकृति संरक्षण यात्राको इतिहास पठन पनि हो यो पुस्तक । एउटा अन्डररेटेड किताब तर रोचक स्मृतिहरुको पुलिन्दा !खम्पा प्रसंग, राजा वीरेन्द्रको गैंडा तर्पण बेजोड !!
@fineprintbooks
"नेपथ्य"ब्यान्डको आरोह अवरोहपूर्ण म्युजिकल जर्नीको वृत्तान्त हो यो किताब।नेपथ्यका चर्चित गीतहरु निर्माणको रचना गर्भ,ब्यान्डले भोगेको विघटनका ब्याक स्टोरीहरु र फेरि उभिएको "नेपथ्य"ब्यान्डको इतिहासलाई लेखक गिरीश गिरीको लोभलाग्दो लेखनीले जीवन्त बनाएको छ।@nepathya_band#NepathyaBook
म्याजिकल रियलिज्मको भावभूमिमा बुनिएका रमेश क्षितिजको मायावी कथा संसार हो - "एउटा मायी नगरमा" । कवि रमेशको कथाकार कायाकल्प लोभलाग्दो र मनमोहक त छदैं छ !
सप्तम र काव्या बिचको प्लेटानिक लभको ब्याक ड्रपमा बुद्ध दर्शन कर्म देशनाको औपन्यासिक आवृत्ति हो -"स्व"। सप्तमको बोधको यात्रा - "स्व" को खोज, सरस्वती प्रतीक्षाको बोधि ज्ञानको मेटाफिजिकल र इमोशनल फिक्सनल जर्नी नै "स्व" को स्वत्व हो भन्न सकिन्छ ।
#स्व#उपन्यास#सरस्वतीप्रतीक्षा
सिनेम्याटिक विम्बमा लेखिएको कविता जस्तो र सिनेम्याटिक क्यानभासमा पोतिएको सुन्दर ब्रस स्ट्रोक हो - नविन सुब्बाको "गाउँ आएको बाटो"। नेपाली सिनेमाको मौलिक व्याकरण निर्माणमा भनिएको अर्ग्यानिक कथा वाचन !
#NabinSubba@dayahangrai#NepaliMovie#GaunAayekoBato#ARoadToViilage
three
of
us
अ ब्यूटिफुल्ली क्राफ्टेड मुभि!स्टोरी टेलिङ,एक्टिङ र निर्देशनको बेजोड नमुना!
डिमेन्सीयाले आक्रान्त शैलेजाको जीवनवृत,उनको नोस्टाल्जिया र इमोसन,फ्ल्यासब्याकरहित तर डायलग र फ्रेम बाइ फ्रेम दृश्यमार्फत व्यक्त शैलेजाको मेमोरी लेन र सिनेमाको ग्रेटोनले मोहित नबनाईरहन सक्दैन
फिक्सनल/ फिक्सनल हो कि झैं लाग्ने घटना/परिघटना , सर्रियल/ सर्रियल जस्तो लाग्ने कुमार नगरकोटिको जीवन भोगाइका अनुभूतिहरुको सफरनामा हो "जोगियाना" ।
निर्बन्ध र वाचाल मेमोयरहरुको नगरकोटिनामा हो "जोगियाना" ।।
संस्मरण लेखनमा सिग्नेचर डेलिकेसिको नगरकोटियन क्राफ्ट हो "जोगियाना" !!!
@bnarayand@YouTube सिसिफस नियतिको यात्रा वृत्तान्त, विचारहीनताको जगजगी र तमसमग्न कालखण्डमा साहित्यिक सरोकारका विषयहरुमा गरिएका सार्थक सम्वादको बकपत्र हो - नारायण ढकालको निबन्ध सङ्ग्रह "अन्तिम पात" ।
एउटा चकचके, चुलबुले केटाले कटासे, मटेरा र मान्ममा बिताएका किशोरकालीन स्मृतिका एलबमबाट नोस्टाल्जिक अनुभूतिका आख्यानात्मक शैलीको संस्मरण कृति "उसले दिएको उमेर" लिएर आएका छन् बुद्धिसागर ! सुललित भाषा र काव्यात्मक अभिव्यक्ति !!!
बुद्धिसागरले भोगेको समयको मनमोहक चित्रपट हो- यो किताब।