स्वर्गमा सबै थोक छ तर मृत्यु छैन। गितामा सबै थोक छ तर झुट छैन।मान्छेमा सबै थोक छ तर धैर्यता भने कतै छैन र आज सन्सारमा सबै थोक छ तर कसैको मनमा सान्ती छैन।
प्रतिक्षामा एउटा नजर आज पनि उस्तै नै छ
प्रतिक्षामा तिम्रो शहर आज पनि उस्तै नै छ ।
कति आए-गए झरिहरु तर फेरिएन रुपरङ्ग
जुग बित्यो, मनको नगर आज पनि उस्तै नै छ
बदलिएको परिस्थिती,लाग्छ तिमिलाइ बिर्सिदिउँ
तर तिमीलाई भेट्ने एउटा रहर आज पनि उस्तै नै छ
म पर्खिरहन्छु उसैगरी सधैंसधै
केवल तिम्रो एक स्पर्श
केवल तिम्रो एक दृष्य
तिमी आउछौँ ,
कहिले झरी बनेर रुझाएर जान्छौ
कहिले फुल बनेर मुर्झाएर जान्छौ
कहिले बतास बनेर सुस्ताएर जान्छौ
कहिले घाम बनेर अस्ताएर जान्छौ
म किताब र अंकको पछाडी लागिरहेँ,उ खुशि र सार्थकताको पछाडी,मेरो लागि सफलता प्यारो थ्यो उस्को लागि जिन्दगी । आज वर्षौ बित्यो। म जान्दिनँ , उस्ले जिन्दगीमा सफलता पाई कि पाइन तर मैले मेरो सफलताहरुमा कहिल्यै पनि जिन्दगी भेटिँन। 🖤