देश राष्ट्रिय संकटको घडीमा छ। यस्तो अवस्थामा नागरिकको आवागमन सहज बनाउनुको सट्टा आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अस्वाभाविक रूपमा बढाउनु गम्भीर र आपत्तिजनक छ। संकट नागरिकमाथि नाफा कमाउने अवस�� होइन। विपद्को समयमा नागरिकको बाध्यताको शोषण गर्ने हो कि सामाजिक उत्तरदायित्व नि��्वाह गर्ने हो?
अत: संकटको घडीमा भएको अस्वाभाविक हवाई भाडा वृद्धिलाई तत्काल नियन्त्रण गर्न र नागरिकलाई राहत तथा सहज आवागमन सुनिश्चित गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।
रिसाइकल नहुने र नकुहिने फोहोरमात्र फाल्न २०वर्षका लागि बनाएको बंचरेडाँडा ल्याण्डफिल साइट नेप्सेम्याकलाई सिधै डम्पिङ साइट बनाउन दिई ४वर्षमै भरिनुका मुख्य दोषी फोहोर वर्गिकरण गरेर आफैँ वा ठेक्कामा फोहोर नफाल्ने मेयरहरू र दाम ख्वाएर मोज गरिरहेका नेप्सेम्याकहरू हुन्। नो इफ् नो बट्!😡
अपाङ्गता भएका व्यक्तिहरूमाथि गरिने विभेद, अपहेलना र राज्यको चरम उपेक्षाबारे आजको कान्तिपुर दैनिकमा @ekantipur_com मेरो लेख।
लिङ्क, बेवसाइटमा अपडेट भएपछि सेयर गर्नेछु।
रुघाखोकी र भाइरलले ग्रस्त एकजना बिरामीलाई सरकारले उपचारका लागि हेलिकप्टरमार्फत् बैतडीबाट काठमाडौँ ल्याएछ। हामीलाई यस्तै जिम्मेवार र संवेदनशील सरकार चाहिएको हो, नागरिकको सुखदुःखमा साथ दिने, आवश्यक पर्दा राज्यको स्रोतसाधन प्रयोग गरेर उनीहरूको ज्यान बचाउने। धन्यवाद सरकार! ��
म विष्ट : ग्यास किन नपाइएको दाइ?
अर्थमन्त्री : ग्यास नपाइनुको मुख्य कारण गभर्मेन्टल ग्यास डिस्ट्रीब्युसन मेकानिजमको डिसेन्���्रलाइजेसन, सप्लाइ चेन डिसरप्सन, लजिस्टिकल मिसम्यानेजमेन्ट र कन्ज्युमर लेभल डिमान्ड प्रेसर हो ।
यद्यपि पब्लिकले यसलाई ‘ग्यास ��ैन’ भनेर बुझ्नु कन्सेप्चुअल मिसअन्डरस्ट्यान्डिङ मात्र हो । सिलिन्डर छ, पैसा पनि छ, तर ग्यास र उपभोक्ताबीच लजिस्टिकल रिलेसनसिप छैन । अघिल्लो सरकारले तपाईंहरूलाई जाबो २१५० को एक सिलिन्डर ग्यास दिन भारतबाट ३० लाखको बुलेट ल्याउने मोडेल बनाएको छ,
@kamalshishir3. को विचार - प्रविधिको प्रयोगमा अभ्यस्त हुनु त राम्रो नै हो । तर, धेरै दिन लगाएर हार्मोनियम वा कुनै बाजामा आफूलाई समर्पित गरेर सङ्गीत भर्नु र स���केन्ड भरमा एआईले तयार गरिदिएको सङ्गीत कुनमा सङ्गीतको आत्मा हुन्छ जीवन हुन्छ भन्ने कुरा बिर्सनु उदेकलाग्दो छ। भावमा डुबेर शिल्पी खिपेर त्यसलाई शब्द वा गीतका रुपमा उतार्नु र एआईले निमेषभरमा लेखिदिएको शब्दमा मिठास खोज्नुभन्दा भद्दा मजाक अर्को हुन सक्दैन। #nepalviews #ArtificialIntelligence
🔗https://t.co/IRDbqCcNHx