@Annapurna_Post Why these news don't see good aspects of Balen's leadership style and the benefits it is bringing in? Earlier, I thought this was more neutral, I was grossly wrong.
Like parties, these media are so blinded, they don't see the positivity!!! Uff
Huge Achievement: Nepali MP Sobita Gautam has been listed in World Top 15 Politician of the Year Award by One young World. She is nominated among other 14 high profile young Ministers, MPs, Mayors around the world & she is also one of the founding member of Rastriya Swatantra Party. ❤️🇳🇵 #Congratulations
अहिले मिडियामा आएर नागरिक्ता बिहिन भयौ,बाउ आमाको नागरिक्ता छ हामी लाई राज्यले नागरिक्ता बिहिन बनायो भनेर रोइ कराई गरिरहेका यस्ताका संतान हुन ,जो जन्मको आधारमा नागरिक्ता भएका संतानलाई बंसजको नागरिक्ता चाहियो भन्नेमा बिवाद हो,यि भारतिय हुन,स्पष्ट लेखिएको छ नागरिक्तामा !
बालेनको एउटा शिक्षा सल्लाहकार त्यो पनि आदिपुरुषको प्रशारण रोकेर रुष्ट “QFX” का निर्देशकका श्रिमतीजीले राजिनामा दिइछन्
र
बार्हभाइ खुशी हेडलाइनमा रैछ ।
१३ हजार बिधार्थीले छात्रवृती पाएको चाही हेडलाइन बन्दैन ।
Inspirational Couple: उनी हुन् हाल अष्ट्रेलियामा IT व्यवसाय गरिरहेका गुल्मीका विनोद कुवर जो अहिले रुपन्देहीको, तिलोत्तमामा आफ्नो व्यक्तिगत पहल अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माण गरोरहेका छन्।
उनी भन्छन्, "नेपाली क्रीकेटले पछिल्लो समय प्रगती गरेको छ तर भौतिक पुर्वाधार एकदमै नाजुक छ, यहाँ रुखमा चढेर, छाता ओडेर क्रीकेट खेल हेर्नुपर्ने अवस्था छ। सबैभन्दा ठुलो कुरा म खुशी हुने हो, मलाई घरपरिवार भन्दा क्रीकेटको माया धेरै छ, त्यसैले हामीले ३ वर्ष रंगशाला निर्माण सम्बन्धित अध्ययन गर्दा रुपन्देही उत्कृष्ट लाग्यो, जस अनुरु हामीले यहाँ ४.७५ बिघा जग्गा लिएर काम अगाडी बढाइरहेका छौं। हामीले दिन खोजेको उदाहरण भनेको नेपालमा स्पोर्ट्समा व्यवसाय सुरु भएको छैन, त्यसैले हामीले एकेडेमी सहितको क्रीकेट रंगशाला बनाउदै छौं। अर्को देखाउन खोजेको कुरा भनेको नेपालमा लगानी गर्नको लागि विदेशमा बस्ने नेपाली युवालाई प्रोत्साहन होस् र गर्न सकिन्छ।" ❤️
Pic. Mohan Basnet
मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्!
“यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे।
के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्।
देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्।
एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्।
परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्।
अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो।
विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन।
अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन।
मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो: https://t.co/a0BfOzmIHi)
Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️
Story. Mayjan Namdung
आज जेठ १९
१७ हजार मार्नेलाई मालिक वनाईदियो।
शान्ति क्षेत्र वनाउछु भन्नेलाई शालिक वनाईदियो।
देश, धर्म संस्कृति र राष्ट्रियताको संरक्षकलाई नजान्ने?
देश टुक्राउने, धर्म संस्कृति वेच्ने, नागरिक र नागरिकता वेच्नेलाई छान्ने?
(गणतन्त्रको = उधोँ गति उँधो मति”)
संझनामा राजा।