आफुसङ जे छ जस्तो छ त्यसैमा रमाउन सिक्नुपर्दो रहेछ। ,नपाउने चिजको आशाले सधै निराश बनाउँदो रहेछ । तिमीले देखाको सपना नै देखेको थिए मैले के त्यो सपना देख्नु नै मेरो गल्ती थियो 🌞........?
हो तिमी थाकिसकेका छौं मलाई दिनदिनै एउटै कुरा सम्झौदा सम्झाउँदा सम्झाउँदा ।आजको खाना खाएर सधैंभरिलाई पुग्ने भैदा भए .......
भोलिको लागि किन सोच्न जरुरी थियो होला र ......?
आँखा चिम्लेर विश्वास गरेको मान्छे हौ तिमी
तर आज मैले बारम्बार यस्तो हो भन्दा पनि
तिमीले मेरो कुरालाई बेवास्ता गरेको देख्दा
म म नै होइन जस्तो लाग्छ। कति छटपटीमा दिन रातहरु कटिराखेका छन् भन्ने कुरा त मलाई मात्र थाहा छ।
साँच्चै एक्लो भएको महसुस भएको छ मलाई
हिजोको त्यो दिन अनि आजको यो दिन
हिजो तिम्रो आँखाबाट आँसु झर्न दिन्न भन्नेहरु
आज आँखाबाट आँसु झरिरहदा पनि
एक शब्द तिमीलाई के भयो भन्न सक्दैनन् रहेछन्। आज म भन्दा प्यारो अरु चिज भएको देख्दा साह्रै मन दुख्दो रहेछ।