कार्यक्रम संचालक मौन बसेको देखेर उपस्थित सबैले किन नबोलेको भनिरहेका थिए। घण्टी साथीहरू एक स्वरमा : बोल्नु पर्दैन काम गरे हुन्छ।😆😆
#justforfun#nooffense
आरामै हुनुहुन्छ ? भनेर त त्यस्ले पनि सोध्छ जो अस्पतालको ��ैयामै ��एपनी भेट्न नआउन सक्छ। औपचारिकता निभाउन मात्रै सोध्ने नभएर बरु फरक पर्दैन नसोधेपनी मनमनै सम्झिने मान्छे चाहिँ हुनुपर्छ ।
SEE मा प्राप्त ग्रेडले मात्रै जिन्दगीमा केही लछारपछार लाग्ने होईन। राम्रो ग्रेड ल्याउनेलाई अनावश्यक दबाब सृजना नगराईदिउँ, तलको ग्रेड ल्याउनेलाई हतोत्साहित नबनाउँ। निरिन्तरको लगन र मेहेनतले सफलता निर्धारण गर्ने हो। ��ेहेनत गर्न सिकाउँ,असल मान्छे बन्न प्रेरित गरौं ।
लगभग अब hour को हिसाबले पैसा आउँछ भन्न मिल्यो। Weekend मा पनि २ दिन बिदा भैहाल्यो, समुन्द्रको किनारको साटो नारायणीको किनार छँद��� छ। अब मलाई अमेरीका यहि मलाई जापान पनि यहि भनेर नाँच्न मात्रै बाँकी छ।😆😆
७० देखि ६२ के.जी सम्म को यात्रा यहि ८२ सालमा सम्भव भयो। यसलाई अब यतिकै रहन ८३ ले भुमिका खेल्नुपर्छ । छोडीसकेको चिया फेरि सुरु गर्नु चैं ठूलो गल्ती भयो यस्लाई भोलिबाट तुरुन्तै सच्याईनेछ। 😝
अनि कि सम्पत्ति हेर्दा त नेपो बेबी भन्दा कम त ���ेखिएन नि। धनी हुन नपाईने भन्ने होईन तर सम्पत्ति सार्वजनिक मात्रै होईन स्रोत पनि सार्वजनिक गर्नुपर्यो। करोडौं सम्पत्ति पैतृक कसरी भयो? अरुका बा लुटेरा आफ्ना बा चाहिँ हिरो अफ दि ओल्ड जस्तो कुरो त भएननी कि के हो?
मेरो बुझाइमा RIGHT TO RECALL भनेको जनताले फिर्ता बोलाउने होला भन्ने थियो। पार्टीले फिर्ता बोलाएकोलाई RIGHT TO RECALL भनेको अली नमिलेको हो कि मलाई त्यस्तो लागेको हो कि के हो?🤔
पल शाह, सन्दिप लामिछानेदेखि बलेसम्मको घटनामा भाष्य प्रवृत्ति उस्तै छ।
बलत्कार गर्नेको होइन अपराध महिलाको हो भन्ने ।
आफुलाई मन परेको नायक बलत्कारी हुँदैन बरु महिला नै चरित्रहीन, मन मिलुन्जेल चमत्कार खोज्नेहरु, पैसा धुत्न लफडा गर्नेहरु हुन् भन्ने बनिबनाउ लिङ्गवादी अहम्को बान्ता ।