अधिकांश पुरुष नेताले अहिले पनि राज्यसत्ताको बागडोर कुनै न कुनै तवरले सम्हालिरहेका छन् । उनीहरू सत्ता र शक्तिको वरिपरि घुमिरहेका छन् । तर, झापा आन्दोलनमा संलग्न भएका अधिकांश महिला नेता अहिले राजनीतिबाट अलग छन्, निष्क्रिय छन् । https://t.co/VkalfPE9KK via @sandhaann
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?
हाम्रो राजनीतिक वर्गले Gen Z लगायत नयाँ पुस्ताको भाव, भंगिमा र भाषामात्र हैन, उनीहरूको आकांक्षा र सपनालाई पनि बुझ्न सकिरहेको थिएन । त्यसैले उनीहरूबीच दुरी क्रमशः बढिरहेको थियो ।
यस्तो अवस्थामा कम्तिमा सामाजिक संजाल — जनताको संजाल — मा परिणत भएको थियो । युवा आक्रोश त्यहीं पोखिन्थ्यो । सरकारले त्यति आलोचना पनि सुन्न सकेन । उसकै कारण अब त्यो भर्चुअल आवाज ढिलोचाँडो सडकमा र अन्यत्र पोखिने सम्भावना छ ।
केही दिनयता Nepo Babies का नाममा राजनीतिक भ्रष्टाचारविरूद्ध देश-विदेशबाट उर्लिरहेको आवाजको आयतनलाई सत्तासीन वर्गले सायद अहिले पनि ठम्याउन सकिरहेको छैन । यसले ल्याउने बाढीले २०८४ सम्ममा (र, सायद अहिल्यै पनि) धेरैलाई बगाउन सक्छ ।
सामाजिक सञ्जाल समानान्तर शक्तिको रुपमा उदाएको थियो । बिशिष्ट भनिने पेशा, क्षेत्रको कब्जा जस्तै रहेको विचार निर्माणको ‘प्लाटफर्म’ मा आम नागरिकको हस्तक्षेप बढाएर यसले सरकार, संसद, अदालत र पत्रकारको एकाधिकार तोडिदिएको थियो । अहिले यो विरुद्ध ती शक्ति एक ठाउँमा आएका मात्रै हुन ।
आफताब आलम मामिलामा बीरगञ्ज इजलासको फैसलामा गम्भीर प्रश्नहरू छन्। परिस्थितिजन्य प्रमाणको यो हदको वेवास्ताले अदालतले कस्तो फौजदारी न्याय स्थापित गर्न खोजेको हो सार्वजनिक वहस जरुरी छ। "उसो भए भट्टीमा हालिएका भनिएकाहरु कहाँ छन् त ?" भनेर परिवार र समाजले सोध्नु नाजायज हुंदै होइन ।
Nepali students in Japan struggle with school fees, food, hectic schedules and demanding jobs. All the while, being too busy to pick up calls from home, and lying about health and well-being to their families.
Read story by Sujata Dhungana from Kyoto:
https://t.co/N2M9C4iHYJ