ज्ञानेन्द्र शाहकै शाहीकालको कुबुद्धि आएर होला सरकारलाई, मिडिया तर्साउन गेटअगाडि निजी नम्बर प्लेटका गाडी तेर्स्याएछन् । शाही सेना मिडिया हाउसमै छिरेर हस्तक्षेप गर्दा त पत्रकारको कलम रोकिएन। यसरी तर्साउने तरिका कुनै व्यक्तिको आँटले मात्रै भएको हुँदै होइन...
अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन पर्यो। अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ।
अब सरकार अर्को कदम पनि चालोस्।
सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ। तब सायद मन्त्रीपरिषद्ले पनि समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।
भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ?
आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ?
नीति बनाउनेहरूले तथ्य मात्र होइन, जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ। किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्णयभन्दा धेरै मानवीय हुन्छन्।
आज बिहानैबाट कान्तिपुर, अनलाइनखबर, हिमालय टिभीलगायतका सञ्चार–गृह एवं प्रतिपक्षी पार्टीका प्रमुख गगन थापाको घरमा एकसाथ गाडी तेर्स्याएर जुन प्रायोजित नाटक मञ्चन गरियो, त्यसको खास उद्देश्य प्रश्न गर्नेहरुको मुख थुन्नु थियो । अर्को उद्देश्यचाहिं, diversionary tactics सँग सम्बन्धित रहेको देखिन्छ ।
यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्तव्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ? यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।
यो किन पनि भने, त्यसरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् ।
जहाँसम्म diversionary tactics को कुरा छ, योचाहिं राजनीतिक चालबाजहरुले बेलाबखत खेल्ने पुरानै मनोवैज्ञानिक अस्त्र हो । यसको उद्देश्य हुन्छ— मुलुकमा जुन मुद्दामाथि चर्को बहस चलिरहेको हुन्छ, सरकारको आलोचना भइरहेको हुन्छ, त्यसलाई थाहै नपाई अर्कोतिर मोड्न खोज्नु !
हामीकहाँ अहिले बलपूर्वक विस्थापित सुकुम्बासीहरुको आँशुको भेल रोकिएको छैन । बागमतीदेखि कीर्तिपुर हुँदै खरिपाटी पुग्दासम्म उनीहरुको किस्ताबन्दीमा विचल्ली भइरहेको छ । सुकुम्बासीका पक्षमा आवाज उठाएको निहुँमा सक्कली जेनजी माजिद अन्सारीलाई पिट्दै, हुत्याउँदै, गालीगलौज गर्दै बिनापूर्जी कव्जामा लिइएको छ । गणेश नेपालीबाट सुरु भएको आत्मदाहको सिलसिलाले सम्पूर्ण राष्ट्र रोषमा छ ।
यी बिषयहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन थालेपछि, यसैबेला गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्ने कोशिश गरिएको छ । सबैले थाहा पाउने गरी खुल्लमखुला ढंगबाट गरिएको यो हर्कतमार्फत् मिडियाको मुख थुन्न खोजिएको त छँदैछ ।
तर सूत्राधारहरुले कस्तो नबुझेको— यस्ता पुराना फर्मूलाहरु अब काम लाग्दैनन्, जो २०६१ माघमै आउटडेटेड भइसकेका छन् !
त्यो न्यूरोडमा कसरी ह्वार्रर सडक व्यापारी जम्मा भए भनेर अचम्म लागिरहेको थियो । कसरी एकै दिनमा सबैले पार्किङ गर्न थाले भनेर अचम्म लागिरहेको थियो ! आज मिडिया हाउसको गेटमा गरिएको गाडी पार्किङ पश्चात् निश्कर्षमा पुगियो, जनता खराव हैन सरकार प्रायोजित कार्य थियो त्यो सडक व्यापार नामको नाटक पनि ! कति छिटो तेत्रो सडक व्यापारी जम्मा गरेछन् भने, नसकिने भयो ठगी जत्थालाई !!
पहिले पहिले तोरी नै भएपनि नेताले चलाउँथे सरकार! अचेल त स्माल पोलिटिकल ब्रोकरहरुको पो बिगबिगी रैछ! सांसद-मन्त्रीलाई त औंलाको इशारामा नचाउने!
अस्ति एकजना त्यस्तै २५/२६ बर्षको स्माल पोलिटिकल ब्रोकर भेटेँ, उसलाई चिनाउँदै अर्कोले भन्यो 'यो भाइ एक्लैले छ वटा मन्त्रालय चलाउँछ।'
देश खतरै तरिकाले बन्दैछ !
सरकारबाट प्रताडितको मानसिक स्वास्थ्य परीक्षण गराउनुअघि,
सरकारी सार्वजनिक सम्पत्ति जलाउने, जेल तोडेर भाग्ने जस्ता तिमीहरूको मानसिक स्वास्थ्य जचाउनुपर्छ कि पर्दैन ? ए खरानीदस्ता हो? #गणेश नेपालीलाई #न्यायदे#बालेनसरकार
जलेका गणेश नेपालिको समयमै उपचार हुन नसकी मृत्यु हिजो नै भएको थियो। तर सरकार भारत लैजाने भन्दै मृत शरिरमाथी पनि स्टन्ट गर्दै थियो।
थुक्क नालायक निकम्मा गरिबमारा सरकार।
जाँदै गरेका मुख्यसचिवको बिदाईको तस्वीर पनि देखियो। ३६ नम्बरमा रहेका मुख्यसचिव नियुक्त गरेको पनि देखियो। बेनका दाजु बहिनीको नियुक्ति पनि देखियो। गण्डकीमा मनाङ्गे मन्त्री हुँदा कार्यवाहक मन्त्री नै बनाएका थिए उनका पिएलाई। अनेक देख्न पाइन्छ ।
एलिटको सरकार छ। भाद्र २३ गते गरिबले गोली खाए, उनीहरूकै फाइदा उठाएर सम्भ्रान्तहरू सत्तामा पुगे। अनि, तिनीहरूले न गणेश नेपाली चिन्छन्, न इन्द्र बहादुर राई। आन्दोलन खल्तीमा १०० रूपैयाँ नभएकाले गरे, सत्तामा १९० तोला सुन भएका पुगे!
एउटा चट्ट परेको स्ट्याटस हेर्न चाहन्छु ,
एउटा लट्ठ परेको उपहास हेर्न चाहन्छु ,
बित्ने त बितेर गयो
बाच्नेको अट्टहास हेर्न चाहन्छु ,
तिमि मरेर मलाइ के भो र चमेली
म नेपाल हासेको हेर्न चाहन्छु !