जरा काटी खोइरो खनी गलाको छौ त्यसै गरि
बसन्तको रुखको पात झै पलाको छौ त्यसै गरि
सोझो रुखलाई अरुभन्दा छिटै काटिन्छ रे
सोझो मान्छे दे��ि मलाई ढलाको छौ त्यसै गरि
मकैले नि जल्नु पर्छ आफ्नो मुल्य पाउन भन्थ्यौ
भाउ पार्नलाई होकि मलाई जलाको छौ त्यसै गरि
✍️ #शब्द_मोह
#Trending
गहिरो मध्यान्ह,
यो सन्नाटा
कहिलेकाहीँ आफैं बोल्न खोज्छ
तर शब्दहरू
छातीमै फस्छन्,
धड्कनहरू मात्र बाँचिरहेझैँ।
बिर्सिन खोजेको आकृतिले
झ्यालको काँपबाट
आफ्नो ��ायाँ फ्याँक्छ,
र म -
हातमा बाँकी तातो चिया लिएर
सम्झनाको बाफ नियाल्दै बस्छु।♥
@khdka_Seeta यो मङ्सिरे जाडोको पारिलो घाममा बारिको छेउ कुना मिलेर बसेर टपराँ जन्ते बाख्रो को झोल र दुइ फिर्को छाला सहितको मासु भात कुइनासम्म झोल चुहाउदै, समुहको त्यो माने बोड्कोमा रौसि खादै झ्याउरे गितमा नाच्न मन भएर हो के। अन्यथा नसोच्नु 🤣🤣
एउटा मान्छे पिरहरुले घेरिने छ।
सायद त्यसै दिन ऊ सेतो कपडामा बेरिने छ।
उनको आगमनले कसैको आँगन जगजगाई रहदा
कसैको जिन्दगी अँधेरिनेछ।
_
_
_
#highlights
✍️ #शब्द_मोह
जिन्दगि हावा जस्तै भाछ
बहनलाई बहिराछ, कहिले पहाडको खोल्सै खोल्सा झै त कहिले चट्टानै चट्टान ठोकिए झै।
कहिले समथर फाटैफाट झै त कहिले एकैठाउ घुमिरहे���ो चक्रबात झै ✍️✍️
#highlights