धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
क्रान्ति र आन्दोलनले सरकार र सत्ता अपदस्त गरिसकेको अवस्थामा इतिहासमा के भयो किन हेर्दैनन् नेपालीहरु? यो साधारण सरकार परिवर्तन भएको मात्र घटना होइन। संविधानका धेरै धारा निलम्बन गरेर या अन्तरिम संबिधान जारी गरेर अघि बढ्ने बेलामा तिनै भ्रस्टचारी र हत्यारा बुढाहरु को लहै लहैमा लागेर तिनलाई बचाउन "संबिधान भित्रैबाट" को तुरुप को पछि लाग्ने बेला होइन यो।
त मुला पार्टीको झोलेहरु चुप लाएर बसेकै ठिक हो ऐले...
खातेहरु हिजो कै गर्न सकेन ऐले यो गर र त्यो भएन भन्न लाज लाग्दैन? थुक्क
तेत्रो जान्ने थिस भने बनाको भए हुन्थ्यो त तिमिहरु मुलाले देश...
It's midnight people are roaming with a Khukuri in one hand and Gun in another, vandalizing everything they see.
Girls in hostels are being attacked.
And they are glorifying this mob lynching, they were/are inciting these moves. Sadists.
We, the whole generation is doomed.
😥
कुनै शक्तिले गर्न नसकेको काम तपाई युवाहरूले गर्नु भयो, यसका लागि सादुवाद् । तर, राष्ट्रका सम्पदा र सार्वजनिक सम्पति त हामी सबैका साझा सम्पति हुन। सिंहदरबार एउटा उदाहरण हो । संयमित बनौं ।
पानी परेसँगै विस्तारै आगो मत्थर हुँदैछ। भोली बिहानदेखि यो आगो कहिल्यै नसल्किने गरि आजै समाधान खोज्नु आवश्यक छ।
देश त देवभूमि नै हो नि, राक्षसहरुको हातमा पुगेको थियो। GenZ पराक्रमले मोक्ष दिलाएको छ।
पुग्यो ! 🙏 भो अब।
खुसियाली मनाउनुस्। आगो आफै ओजाउला।
संरचना भोलीलाई पनि चाहिन्छ।
हेटौडा स्थित वन विज्ञान संस्थानका विद्यार्थीहरुले आजको दिन देखि वन विज्ञान संस्थानमा कुनै पनि भातृ संगठन रहन नदिने र कुनै पनि भातृ संगठन आवद्ध हुन नदिने भन्दै संगठनक छोड्दै तिनका बोर्डहरु क्याम्पसभित्र बाट झिकेर बाहिर फालेका छ।