के होला तिम्रो त्यो घमण्डको,
यदि मैँले बोलाउनै छाडिदिएँ भने...?
जुन आवाज सुन्ने बानी परेको छ,
त्यो एकाएक मौन भयो भने...
जुन उपस्थिति लाई सामान्य ठानेकी छौ,
त्यो सधैंका लागि टाढा भयो भने...
सायद त्यस दिन थाहा हुनेछ,
म केवल विकल्प थिइनँ,
कसैको दिनको सुरुवात र
अन्त्य हुने एउटा कारण पनि थिएँ...!!
#म_अनि_मेरो_भावना
फोन किन गरेनौ भनेर रिसाइदिन्छु । को सङ्ग ब्यस्त थियौ भनेर, तिम्रो Privacy तोडन खोज्छु। संम्झिएनौ भनेर गुनासो गर्छु। समय दिएनौ भनेर झकि दिन्छु तिमी को सङ्ग कहाँ किन जस्ता प्रशन गरेर तिम्रो खुशी खलबलाउछु लाग्छ कहिलेकाही निक्कै स्वार्थी भैरहेछु म, तिम्रो खुसीको तगारो भैरहेछु!!!
फोन होल्डमा राख्न सक्छौँ,
सम्बन्ध होइन।
सम्बन्ध भनेको
प्रतीक्षा गराइराख्ने कुरा होइन,
यो त समय, विश्वास र भावना
सँगै जोगाइ राख्ने जिम्मेवारी हो।
किनकि,
धेरै बेर होल्डमा राखिएको माया
एकदिन चुपचाप कट पनि हुन सक्छ।
#म_अनि_मेरो_भावना