सक्छौ भने सम्मान गर सक्दैनौ अत्याचार पनि नगर।
दोषी ठानी निर्दोष नारीको अपमान बारम्बार नगर।
फरक त धर्मले हो नारी र पुरुष,हैन उस्को हक र अधिकारमा।
उल्टो अर्थ लगाएर नारीको अधिकारको तिरस्कार नगर।
तिमी धरती बन म आकाश बन्छु संसार जितौलानी।
नछोड धर्म,टुट्छ मान भनेर,घमण्डले अहंकार नगर।
प्रेम बाजारमा हैन मान्छे छान्दै नहिड्नु है।
आफुले आफैलाई महान मान्दै नहिड्नु है।
मलाई कदर छ सम्बन्धको र त झुक्ने गर्छ।
मेरो झुकाई लाई कमजोरी ठान्दै नहिफ्नु है।☕☕ शुभ बिहानी ☕☕
जीवनको पाटो, कहिले हल्का कहिले भारी,
संगै लिएर गयो त्यो आँसु र सम्झना सारी।
शब्द नबोल्दा पनि कुरा गर्थ्यो मनले,
मर्ने बित्तिकै पनि छोडेन यो त मान्छेलाई कुनै पनि तानले।
#अन्शि
"ढेरै पछि ट्विटरमा"
धेरै पछि फेरि ट्विटर खोलें,
ट्रेन्डिङ हेरें, खबरहरू बोलें।
पुराना साथीहरू भेटिए यहाँ,
नयाँ कथा, मीम्स भरिए ठाउँ।
ट्वीट मेरा झैँ अब पनि छन् ताजा,
तर ध्यान फर्कियो कतै भुल्न नपाजा।
धेरै पछि आए पनि मन रमायो,
ट्वीटरको दुनियाँमा फेरि सजायो।