आज पनि विहानी आयो
डाँडाकाँडा उज्यालिंदै छन्
चराहरूको चिरवीरले
मान्छेहरू बिउँझिंदै छन्
तर थाहा छैन,मान्छे जाग्ने हुन् कि हैनन् ?
अब जागे हुने
यो विहानीले जगाए हुने।
छलफल गर्नुपर्ने अनेक विषय छन:
जस्तो; ०४६ पछिका प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाउनेहरुको सम्पत्ति छानबिन होस। सरकारी वेतनधारीहरुका दलगत सङ्गठन खारेज हुन। सांसदले पाउने बिकास बजेट कटौती गरी त्यो पैसाले बुढानिलकण्ठ जस्ता ५० स्कुल देशैभरी खुलुन।
कसो होला?
कोरोनाको त्रास, बजारमा सर्जिकल मास्क गायब । मेडिकलमा कालोबजारी ८० रुपैयाँ पर्नेको ५०० । किन्न नसकेर फिर्ता । गुनासो गर्न ११३७ मा फोन गर्दा मरे फोन उठ्दैन । अनिवार्य मास्क भनेपछि विकल्पमा झोला काटेर 'काम चलाउ मास्क’
सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यू मृगौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महारजगन्जमा भर्ना हुनुहुँदैछ। सफल सल्यकृया, सफल प्रत्यारोपण र शिघ्र स्वाश्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रसुवा सदरमुकाम धुन्चेमा पाचौं राष्ट्रिय योग दिवस २०७६ को उपलक्ष्यमा सप्ताहब्यापी योग शिविर शुभारम्भ गरिएको छ । अाजदेखि सप्ताहब्यापी रूपमा प्रत्येक दिन बिहान ७:३० बजे देखि जिसस परिसरमा योग अभ्यास गरिनेछ । योग अभ्यासमा सहभागी बनौैं, शारिरीक, मानसिक रूपमा स्वस्थ र सुखी बनौं ।