य-स-री देश चल्दैन-चल्दैन-चल्दैन।
ईश्वर, #देशभन्दामाथिविचार लाई राख्ने गणतन्त्रवादीहरूबाट यो देशलाई जोगाऊ!
हाम्रा 'धेरै' गणतन्त्रवादीहरू are taking the country too lightly, too casually, and for granted.
उनीहरू जति बढी गणतन्त्र सुधार्न खोज्छन्, त्यति बढी यो क्षयीकृत हुँदै गएको छ र जानेछ। र, उनीहरू त्यसो भन्नेलाई भनिरहनेछन्: धमिलो पानीमा माछा मार्न खोज्ने प्रतिगामीहरू!
यिनले जति बढी बालहठ गर्छन्, त्यति नै हामी विदेशीको गोटी बन्दै जानेछौँ। त्यति धेरै हामी देश सम्हाल्न नसक्ने दिशामा उन्मुख हुनेछौँ।
अब यस्तो, @basantabasnet जी:
तपाईँले मलाई, मैले तपाईँलाई ज्ञानको दायरा सानो भयो, "यो, यो पढ्ने 'लेठो' गर्नोस्" भन्दा नराम्रो सुनिएला।
मैले पनि तपाईँलाई पत्रकारिता, समाज, विश्व राजनीति, क्षेत्रीय भूराजनीति, जलवायु परिवर्तनले बदल्ने अन्तर्राष्ट्रिय राजनीति, ती सबैले आउँदा दशकमा नेपालमा पार्ने असरबारे बुझ्न "यो, यो पुस्तक पढ्ने 'लेठो' गर्नोस्" भन्दा अवश्य राम्रो नसुनिएला।
हामी असहमत हुन सहमत हौँ र आ-आफ्नो विचार राख्दै गरौँ जस्तो लाग्छ।
श्री बिन्ध्यवासिनी माताले राष्ट्र, धर्म र राजाको रक्षा गर्न सक्ने शक्ति प्रदान गरुन !
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !
🙏🕉🟧🇳🇵
#WakeUpNepal#HinduAdhirajya#Arun
सहभागिता, सहयोग र सहकार्यका लागि हार्दिक आह्वान !
नेपालको रथ : पृथ्वीपथ !
शान्ति, राष्ट्रिय एकता र राष्ट्रिय सहमतिका लागि
‘एक यात्रा’ — मुक्तिनाथदेखि पशुपतिनाथसम्म
राष्ट्र गौरव !
#WakeUpNepal#EkYatra
राजा र जनता मिलेर स्थापित राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना !
“अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ !”
श्री ५ बाट बक्सेको सन्देशको उच्च सम्मानकासाथ हार्दिक स्वागत गर्दछौं !
#WakeUpNepal
“अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ ! ”
श्री ५ बाट ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना सन्देशको उच्च सम्मानकासाथ हार्दिक स्वागत गर्दछौं !
🙏🕉🟧🇳🇵
#WakeUpNepal#HinduAdhirajya
“अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ ! ”
श्री ५ बाट ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना सन्देशको उच्च सम्मानकासाथ हार्दिक स्वागत गर्दछौं !
🙏🕉🟧🇳🇵
#WakeUpNepal#HinduAdhirajya
हजारौंको भिडमा उँहा साधुले मेरो ध्यान चुम्बकले झै तान्नुभयो !
हतार-हतार फोटो खिचे !
तत्कालै बोल्छु भनेर अगाडी बढे तर त्यो भीडमा उँहा एकैछिनमा हराउनुभयो !
के तपाईंले पनि उँहालाई हिजो पशुपतिनाथमा देख्नुभएको थियो ?
हर हर महादेव !
🙏🕉🟧🇳🇵
#pashupatinath#mahashivratri
म ४ बर्षको हुँदा बुवा बित्नुभो। आमा जम्मा २९ बर्ष हुनुहुन्थ्यो।
हामीलाई चिन्नेहरूलाई राम्रोसँग थाहा छ: प्रहरी सेवामा रहेर देशमा सुशासन र कानुनी राज स्थापनाका लागि अटल अविचलित रहेकै कारण बुवाले ३३ बर्षको उमेरमा जीवन गुमाउनुपऱ्यो। त्यो षड्यन्त्रपूर्ण घटना र वुबाको भौतिक अनुपस्थिति आमा र हामी दिदीभाईका लागि सधैँभरी एउटा ट्रमाको रूपमा रहिरह्यो।
मैले २०/२१ बर्षको उमेरदेखि पढ्दै सञ्चारकर्मीकारूपमा पूर्णकालिन काम गर्न थालेँ। सुशासन स्थापनाका लागि जीवन अर्पण गरेका श्रद्धेय पिताको छोरा मैले आफ्नो जीवनलाई पनि क्षमता अनुसार त्यसैका लागि समर्पित गर्दै आएँ। दिदीहरूको बिहे भयो। म पनि विवाह पश्चात् करिब साढे ४ बर्ष देश बाहिर गएँ। दिनको १६ घण्टा डबल सिफ्ट काम गर्यौँ। रातभरी एउटा काम गरेर विहान फेरी अर्को काममा गएर केही पैसा जम्मा गरियो। आफ्नै देशमा, आफ्नै माटोमा आफूलाई पनि राष्ट्र निर्माणमा समर्पित गर्ने र बच्चाहरूलाई पनि सकभर यहीँ नै बस्न, कर्म गर्न प्रेरित गर्ने प्रण सदैव थियो, छ।
बुवाको निधनपश्चात् काठमाडौँमा आमाले किनेर छाड्नुभएको सानो जग्गामा २०७३ मा एउटा सानो घर बनायौँ, त्यही विदेशमा निकै परिश्रमले जम्मा गरेको पैसा र अलिकति सरसापटबाट चलाएर। बच्चाहरूसहित हामी सबैजना केही बर्ष त्यहीँ बस्यौँ। तर हाम्रो आमालाई चितवनको (फोटोमा देखिएको) यो घर जो उहाँको अथाह दु:ख, पीडा र आँसुको साक्षी छ, यहाँभन्दा अन्त बस्न मन नै भएन।
पुरानो भएर अन्त्यन्त जीर्ण बनेको र बरण्डामा टेको लगाएर ढल्नबाट धानिएको यो घर परार ६७ बर्ष लागेकी केही विरामीले च्यापेकी आमाका लागि अत्यन्त जोखिमपूर्ण ठहर भएपछि छेवैमा अर्को घर बनाउनुको हामीसँग विकल्प थिएन। आमाले रहरहरू त परको कुरा, आजीवन आफ्ना आधारभूत आवश्यकताहरू पनि खुम्च्याएर बचत गरेको पेन्सनको पैसा, केही बर्ष अगाडीसम्म आफै खेतबारीमा अनवरत दु:ख गरेर अन्न बेचेर जम्मा गरेको पैसाले घर निर्माणको अनुमानित बजेटको आधा पनि पुग्ने थिएन।
यो उमेरसम्म निकै असुविधा र अथाह दु:खमा बस्नुभएकी आमाका लागि विरामीले गलाउँदै लगेको जीवनको उत्तरार्द्धमा अलि ठिकठाकैको सुविधायुक्त घर बनाउने योजना बनायौँ। सुविधा पनि के र, दिसा पिसाब लाग्दा एक तला मुनि अलि परको छुट्टै शौचालय जानुपर्ने विगतको झण्झटको सट्ट्मा घरभित्रै अट्याच्ड ट्वाइलेट।
नयाँ घर आधाजति बन्दा नबन्दै आफूसँग भएको(आकस्मिक खर्च शीर्षकमा राखेको अलिकति) बाहेकको पैसा सकियो। केही समय घर निर्माण सुस्त पनि भयो। पछि साथीहरूबाट सापटी पैसा मागेँ। आमाको स्वामित्वमा रहेको जग्गा विक्रिमा राख्यौँ। देश र विदेशमा रहेका कोही साथी बाँकी छैनन् होला जसलाई जग्गा किन्न वा कसैलाई खरिदका लागि सिफारिस गरिदिन मैले दोहोऱ्याएर नभनेको होस्।
केही नलागेपछी पोहोर सामाजिक सञ्जालमा जग्गा विक्रिमा छ भनेर लेखेँ। केही महिनाअघि एकजना मित्रले अलिकति जग्गा किन्नुभो। बाँकी घर बनाउन, सरसापटको पैसा तिर्न, आमालाई केही बचतमा राखिदिन र बच्चाहरूको शिक्षामा खर्च गर्न अलिकति पैसा जम्मा भयो। अझै अलिकति बिक्रीमा छ।
म प्रत्यक्ष राजनीतिमा होमिएको ८ बर्ष भयो। पछिल्लो ४ बर्षदेखि चाहिँ घर ब्यबहार, आमाको रेखदेख अनि अरू पारिवारिक दायित्वमा पनि समय लगाउनुपर्ने भएपछि पूर्णकालिनरूपमा काम/पेशा गर्न पाएको छैन।
मैले राजनीतिबाट आजसम्म कुनै लाभको पद लिएको छैन। कतिपय अवस्थामा हाम्रा साना बच्चाहरूको केही रहरलाईसमेत नसुनेझैँ गरेर बरू उल्टै राजनीतिक गतिविधिमा गोजीबाट खर्च गरेको छु। आजसम्म पुरानो मोटरसाईकलमा हिंड्छु। लामो दुरीमा आकस्मिक अवस्थामा बाहेक गर्वले सार्वजनिक यातायात नै चढ्छौँ हामी सबैजना। गाऊँ समाजमा केही सामाजिक काम गर्दा सक्दो योगदान गरेकै छौँ।
मेरो पकेटमा र घरमा यो देश र जनतालाई चुसेको एक पैसा पनि भित्रिएको छैन। कहिल्यै भित्रिने छैन। एउटा साधारण जीवन जिउन र खान लगाउन दु:ख नभएको र भौतिक सुख सुविधासँग ठूलो मोह नभएकाले जीवन चलिनै हाल्नेछ।
जे होस् नयाँ घर बस्न योग्य बन्यो, अलिअलि रंगरोगन र साज सज्जाको काम त अझै गरेको छैन। बिस्तारै गरौँला।
यो सबै पढिसक्दा के भन्न खोज्या होला भन्ने पक्कै लाग्यो होला।
केही हप्ता अघि Gen Z आन्दोलनको दोस्रो दिन देशैभर सार्वजनिक संरचना र राजनीतिक मानिसहरूको निजी भवनहरूमा तोडफोड र आगजनी भयो। त्यसक्रममा मैले माथि फेहरिस्त लगाएको हाम्रो नयाँ घरमा चाहिँ किन तोडफोड र आगजनी भएन भनेर हाम्रो अत्यन्त पारदर्शी जीवनका सबै आयाम देखेका अनि जीवनरूपी सङ्घर्षका सबै उतारचढावलाई नजिकबाट जानेका मानिसहरूलाई समेत बडो चिन्ता र छटपटी भएछ। र त्यस्तो चिन्ता र छटपटी हुनेमा केही निकटवर्तीहरू नै पनि हुनुहुँदो रहेछ। तपाईँहरू सबैको जय होस्। सधैँ भलो होस्।
म यो समाजलाई हरेक पल, हरेक पाइलामा झन् झन् नजिकबाट चिन्दैछु। बुझ्दैछु।
राजाको सन्देश:
सदा झैँ देशभक्ति र मेलमिलाप मैँ जोड!
गलत मूल्याङ्कन, हठ, अहं, आवेग, बैचारिक दासता, बदलाभावले यो देशलाई गर्नु क्षति गरिसक्यो।
पछिल्लो चरणका विभिन्न अन्तर्वार्ता, टिप्पणीहरू हेर्दा परिस्थिति झन जटील भएर जाने देखिन्छ।
अबको खति र क्षति अझ ठूलो हुनेछ। देश बचाउने र बनाउने हो भने मिल्नुको विकल्प छैन।
पूर्व सरकारले 'राजा'लाई 'पूर्व राजा' लेखियोस् भन्ने चाहेको थियो। राजाले आज त्यसै गरिदिए। १७ वर्षअघि राजालाई दलहरूले निकाल्न चाहे, उनले हाँसीहाँसी पत्रकार सम्मेलन गरेर गद्दी त्यागिदिए।
संसारभरीका राजाहरू गद्दीच्यूत गरिएपछि भागेर विदेश जान्छन्, उनी नेपालमैँ शालिनतापूर्वक बसिरहे।
उनी शालिनतापूर्वक बसिरहे, दलहरूले शालिनता गुमाउँदै गए -- पातालमैँ पुगे। जनताको ठूलो हिस्साले फेरि राजा खोजे। राजाले चाहिँ "दलहरूको पनि सहमति नभई नफर्किने" बताए।
दशैँको विज्ञप्तिमा पनि उनले राष्ट्रिय मेलमिलापमाथि नै जोड दिएका छन्।
टाउको काट्ने र काटिनेहरू मिल्न सक्छन् भने देश नै झनझन गहिरो संकटमा फस्दै गर्दा आफूले आफैँलाई विचारको झ्यालखानामा बन्दक बनाउनु सबैका लागि घातक हुनेछ।
अब कि मिलौँ, कि अझ बर्बाद हौँ। अर्को बाटो छैन। देश दशकौँका लागि ध्वस्त हुन समय लाग्दैन। त्यस्ता देशहरू धेरै छन्। (Graphics: NepalPress बाट)