सेतोपाटी (@setopati) मा यो रिपोर्ट (लिन्क, कम्मेण्ट बक्समा) पढेपछि एकजना बरिष्ठ अधिवक्ताले मलाई सन्देश पठाउनु भयो: "केही गरौँ न, रवीन्द्रजी। तीन लाख रूपैयाँ चाहिने रहेछ" भनेर।
मैले मेरा अत्यन्त श्रद्धेय र अत्यन्तै परोपकारी अर्का एकजना मित्रलाई फोन गरेँ। उहाँले पनि सहयोग गर्ने हुनुभयो। (उहाँहरू दुबैजना नाम खुलाउन चाहानु हुन्न।)
हामी तीनजना हरेकले रू एक-एक लाख सहयोग गर्ने निर्णय गर्यौँ। तत्काल शल्यक्रियाको प्रक्रिया अगाडी बढाउन हामी अनुरोध गर्दछौँ। त्यसका लागि हामी सो रिपोर्ट तयार पार्ने सेतोपाटीकी पत्रकार @sarishaachami जीसँग समन्वय गर्नेछौँ।
सबैले सबै ठाऊँमा सहयोग गर्न संभव हुँदैन तर यस्ता कयौँ केसेज् हुन्छन् जहाँ व्यक्तिले गरेको सहयोगले ठूलो महत्व राखेको हुन्छ।
समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म संसारमा कुनै पनि देश सुसंस्कृत कहलिँदैन। #व्यावहारिकपरोपकार, #PracticalPhilanthropy प्रवर्द्धन गरौँ।
Processing Unit!
प्रोसेस नगरेको छाला त राम्रो देखिँदैन ...
सुरक्षाका कारण यहाँ भिडियो खिच्न पाइँदैन (यति चाहिँ अनुरोध गरेर खिचे) र सम्बन्धित भन्दा अन्यलाई समेत प्रवेश निषेध हुन्छ। यो प्रोसेसिङ युनिट अरबौं रुपैयाँकोे हो।
VEGANOR कोे लागि एक ठूलो सम्प्रदाय र यसका प्रमुख आचार्य बाट विशेष आशीर्वाद प्राप्त भयो। अब यो वर्ष भित्रमा उक्त सम्प्रदायका मन्दिर, आश्रम र अनुयायीमा VEGANOR ब्राण्डका धेरै सामान पक्कै हुनेछन्।
सस्तो होइन गुणस्तरीय !
हिंसा रहित, उच्च गुणस्तरीय VEGANOR प्रोडक्ट आफैमा एक उच्च क्लासका परिचय हुन्।
के तपाईं मैले शुरू गरेको नयाँ यात्रामा साथ दिन तयार हुनुहुन्छ?
(यो विषय सुरु गर्नु पूर्व एउटा कुरा स्पष्ट पारौं: म आर्थिक, शारीरिक र सामाजिक रुपमा एउटा अत्यन्तै प्रतिकूल समयमा बाँचिरहेको छु। म ऋणकोे दलदलमा भासिएको छु। ऋण तिर्न सकेको छुइन र आफ्नो नजरमा, समाज औ परिवारको नजरमा अपराधी बनेको छु। रोगका कारण झण्डै ४ वर्ष ओच्छ्यान र अस्पतालमा बिताएको छु। म सँग धनको नाममा भविष्यको सपना, त्यसलाई पुरागर्न आवश्यक पर्ने मेहनत गर्ने जाँगर र निरन्तर सिक्ने स्वभाव भन्दा अरु केही छैन।)
अब मूल विषय:
मैले रोग, ऋण र अभावबाट मुक्तहुन कामगर्ने निर्णय गरेपछि, व्यवस्थित रुपमा काम शुरु गरेको छु। जीवन र मृत्यु बीचको कठिन संघर्षले समयको महत्व अत्यन्तै राम्रो गरी मलाई बुझायो। ऋण, रोग,अभाव र गरिवी भन्दा ठूलो दुश्मन केहिछैन भन्ने पनि सिकायो। अब ऋण, रोग, अभाव र गरिवी बाट मुक्त हुन कुन बाटो हिँड्ने भन्ने एउटा लामो आत्ममन्थन पश्चात मैले "सुव्यवस्थित उद्यम व्यापार" कोे विकल्प नभएको निष्कर्ष निकाले। अनि मैले भारतमा सामान उत्पादन गरेर विश्वबजारमा बेच्ने पूर्वाधार तयार गरे।
आज म सँग ३ वटा ब्राण्ड, ती ब्राण्डकोे लागि उच्च गुणस्तरका मेरो आवश्यकता र निर्देशन अनुसारका सामान बनाएर दिने तेस्रो पक्षीय उत्पादक ( Third party manufacturer) हरु, बजारीकरणको योजना, बजार सहजकर्ता, प्रविधि र पार्टनरहरू छन्।
अहिले पहिलो लटका सामान बनेर पूरा हुने चरणमा छन्। यसमा नेपाली लगानीकर्ताबाट बिक्रीको निश्चित प्रतिशत ८ वर्षसम्म दिने गरी रु ५ लाख लिएर लगानी गरेको छु।
पहिलो अर्डरको रुपमा MP र डिप्लोम्याट्सकोे लागि मात्र उपलब्ध गराउने भनेर घोषित ब्याग एक शक्तिसम्पन्न अङ्ग्रेजी भाषी देशको MP ले सतप्रतिशत पेमेन्ट गरेर अर्डर गर्नुभयो। र उहाँको निम्ति ब्याग बन्न शुरू भएको छ र ४५ दिनभित्र डेलिभरी भइसक्छ। हुनसक्छ, आज भोलि भित्र थप ५ ब्याग पनि बनाउनु शुरुगर्नुपर्ने छ - कस्टोमाईज ब्याग भएकोले पेमेन्ट नआई अर्डर भएको नमानिने हुनाले हुनसक्छ भनेको हुँ।
ब्राण्डको बारेमा :
GRAINOR: Vegitable oil taind Super Grain प्रयोग गरेर उच्च गुणस्तरका बेल्ट, पर्स, लेडिज ब्याग, ज्याकेट, जुत्ता, ब्याग लगायत लक्जरी सामानहरू । यी सबै सामान प्रिमियम क्याटागोरीका हुनेछन्।
VSNB: यसमा Stain Remover, Guitar, खेलका सामान, प्रिमियम सारी, प्रिमियम अन्य क्याजुअल वेर ब्रान्डिङ् हुनेछ।
Veganor: यो पूर्णत Vegan प्रोडक्ट हो। छाला मार्फत बन्ने सबै सामान छालाकोे विकल्पमा क्याक्टस र अन्य बिरुवाबाट बन्ने लेदर जस्तै देखिने अत्यन्तै गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी ब्रान्डिङ् हुँदैछ। यसमा मैले केही ब्याग र ढोलक तुरुन्तै सप्लाई दिनुपर्ने अर्डर छ ।
अब म व्यापारको पहिलो खुड्किलोमा छु । फरक फरक स्थानमा सामान बनाउनु, प्रत्येक सामानको सतप्रतिशत गुणस्तर चेक गर्नु पर्ने जस्ता कारणले अब मेरो अधिकांस समय यात्रा र होटलमा बित्नेछ।
मेरो उद्धेश्य र सपना पहिलो ३ वर्षमा प्रत्येक ब्राण्डकोे ब्राण्ड भ्यालु न्यूनतम २ मिलियन डलरमा पुर्याउने छ र प्रिमियम सामान हो भन्ने स्थापित गर्ने छ। सपना यी सबै ब्राण्डलाई एक दशक भन्दा पहिले नै शेयर बजारमा लिस्टिङ् हुने प्रिमियम ब्राण्ड बनाउने छ। र म यी उद्धेश्य प्राप्त गर्न सम्पूर्ण ज्ञान र शक्ति सहित इमान्दारितापूर्वक मेहनत गर्नेछु।
यस्तोमा म सँग केही पूँजी जुटाउनु पर्ने वाध्यता छ। यस्तोमा प्रत्येक ब्राण्डको १० प्रतिशत स्वामित्व बेच्नु बुद्धिमानी हुन्छ भन्ने आधारमा म १० प्रतिशत स्वामित्व लगानी भित्र्याउने उद्धेश्यले मात्र बिक्री गर्न चाहन्छु। यो बिक्री भारतको कानून अनुसार हुनेछ।
तपाईं यसमा इच्छुक हुनुहुन्छ र भविष्यको सपनामा लगानिगर्ने जोखिम मोल्न तयार हुनुहुन्छ भने सम्पर्क गर्नुहोस्।
मलाई X मा म्यासेज गर्न सक्नुहुन्छ।
🙏🙏♥️
रोग, ऋण र अभाव विरुद्धको संघर्ष - एक कठिन यात्रा :
लु चल्दैछ : तापक्रम ४५+ हुन्छ आज भन्दैछन्।
आज मेरठमा काम सकेर आग्रा जानुछ। आग्राबाट अलीगढ जानुछ । अलीगढ बाट कानपुर जानुछ। कानपुर बाट फेरि आग्रा आउनु छ। अनि अहमदावाद र सुरत जानु छ।
सामान बन्दैछन् , जतिसक्दो छिटो लञ्च गर्नु छ। गुणस्तर, डिजाइन र फिनिसिङमा धेरै भन्दा धेरै फोकस छ।
प्रिमियम सामान मात्र बनाउँछु। VSNB, GRAINOR र VEGANOR ब्राण्डलाई ३ वर्ष भित्रमा प्रत्येक ब्राण्ड २ मिलियन USD मूल्यको बनाउनु छ।
यो वर्ष सबै ब्राण्ड मिलाएर ५लाख डलरको ट्रेड गर्नु छ।
मेहनत मेरो हातमा छ, बाँकी भविष्यले तय गर्छ ...
नेपालमा धागो कातेर जनेउ बनाउने कोही रहेनछ जस्तो छ। सब नक्कली जनेउ लगाउँछन् कि के हो?
अर्को हातले कातेको बाती पनि चाहिएको छ, परम्परागत तरिकाले।
दुबै सामानमा एउटा सर्त छ : वैष्णव हुनुपर्यो। मांसाहार गर्नेले बनाएको जनेउ र कातेकोे बाती नचल्ने भन्ने खरिदकर्ताको स्पष्ट निर्देशन छ।
अन्तत: यसमा पहिलो अर्डर प्राप्त गरे। अङ्ग्रेजी भाषी एक शक्तिशाली देशका MP ले यो सामान अर्डर गर्नुभयो। १००% पेमेन्ट आयो। एक थान अर्डर भएपनि हर्ष लागेको छ। अब ४५ दिन भित्र डेलिभरी भई सक्छ।
सामान उहाँको हातमा परेपछि र उहाँले स्वीकृति दिनुभयो भने नाम र सामान बोकेको फोटो पोस्ट गर्छु।
३ वर्ष भित्रमा GRAINOR कोे ब्राण्ड भ्यालु २ मिलियन डलर माथि पुर्याउँछु।
दुई कुरा :
१)भारतमा बनेको सामान भारतबाट सिधै उत्पादक बाट किन्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ । सामानको मूल्य+ ढुवानी + कर + ५% सेवा शुल्क।
२) नेपालमा बनेको सामान विश्वबजारमा बेच्न चाहनुहुन्छ भनेपनि, म सँग सम्पर्क गर्न सक्नुहुन्छ। नेपालमा बनेको हो भन्ने जनाउने सर्टिफिकेट अफ ओरिजिन चाहिन्छ।
म बजार सहजकर्ता बन्न सक्छु।
ऋण छ, रोग छ र अभाव छ।
धन र पैसा छैन।
त्यसैले आफ्नै ब्राण्ड स्थापित गर्नुछ, गर्दैछु र बाँचे अवश्य सफल हुने विश्वास छ।
लक्ष : बाँच्ने र एक वर्षमा ऋणले बनाएको अपराधी र अभावले बनाएको भिखारी पहिचानबाट मुक्त हुने।
व्यापार र विश्वबजार ... अबको गन्तव्य !!
साथ दिनेलाई - प्रतिबद्धता व्यवहारले पुष्टि गर्नेछु र घृणा गर्नेलाई पनि प्रेम र धन्यवाद भन्नेछु।
भारतको यो आर्थिक वर्ष सकिँदा या त सपना बाच्नेछन् या त सपना देख्ने रहने छैन।
ऋण, रोग र अभाव मद्धे अब कि त ऋण र अभावकोे अपराधी धब्बालाई जित्नेछु या त जीवन हार्नेछु... अब ऋण र अभावकोे धब्बा सहितको जीवन हुनेछैन ... यो अन्तिम वर्ष चुनौतीको...
आर्थिक रुपमा सबल नहुञ्जेल आत्मसम्मान र स्वतन्त्रता बचाउन गाह्रो हुन्छ।
तलबकोे भर पर्दा औषधि खान, ऋण तिर्न र बाँच्न पुग्दैन।
म सँग ब्यापार स्थापित गर्नुको विकल्प छैन।
लगानी जुटाउन मुस्किल भएको छ तर जुटेमा पक्कै सफल हुनेछु।
व्यापार भित्र धेरै तौल तरिका हुन्छन्। आधुनिक व्यापार परम्परागत ज्ञानले मात्र बुझिँदैन।
व्यापारकोे गुप्त रहस्य कसैले बताउँदैन, झन् यसका सम्बन्ध त गोप्य हुन्छन्।
अबको मिसन व्यापार मार्फत आर्थिक सबलता, रोग माथि विजय।
विचार गर्नुहोस्, मेरो काममा भरोसा गर्नुहोस्,लगानी गर्नुहोस्,मुनाफाको हिस्सेदारी बन्नुहोस् - निराश बन्नुहुन्न... ।
🙏🙏
सहयोगको लागि अपिल :
म बिकास को मम्मी हु , मेरो छोरा सम्पर्क बिहिन भयर म धेरै तनाब मा छु ,हामी स परिवार सारै पीडा मा छौ 😭 बाबु आफै सम्पर्क मा आउला कि भनेर धेरै बाटो हेरियो यति का समय बित्दा पनि कतै बाट न फोन आयो न म्याजेज आयो | तेसै ले बाबु को खोजी कार्य को लागि सहयोग माग्दछु 🙏🙏🙏
मेरो छोरो बिकाश न्यौपाने, उमेर २६ वर्ष, मेरो बाबु अमेरिका 2021 Aujust 4 मा गयको थियो | बाबु Arlington, Texas मा बस्दै University of Texas at Arlington मा पढ्दै थियो | करिब २ वर्ष अघि अमेरिकाको Arlington, Texas मा अन्तिम पटक सम्पर्कमा थियो।
त्यसपछि उसँग कुनै पनि सम्पर्क हुन सकेको छैन। ऊ अहिले कहाँ छ, कस्तो अवस्थामा छ| हामीलाई केही पनि थाहा छैन।
एक आमाको रूपमा यो पीडा सहन निकै गाह्रो भइरहेको छ।
हजुर हरु कसैले मेरो छोरालाई देख्नु भयो भने, वा कुनै जानकारी पाउनु भयो भने, सानो संकेत भए पनि कृपया हामीलाई खबर गरिदिनु हुन अनुरोध गर्द्छु |🙏🙏
📌 विवरण:
नाम: बिकाश न्यौपाने
उमेर: २६ वर्ष
अन्तिम स्थान: Arlington, Texas, USA
स्थिति: करिब २ वर्षदेखि सम्पर्कविहीन
अध्ययन: University of Texas at Arlington
📞 सम्पर्क:
आमा: 9828554331
दिदी: 9841960290
📧 इमेल: [email protected]
कृपया मेरो यो पोस्ट धेरै ठाउँमा सेयर गरिदिनु हुन आग्रह गर्दछु, 🙏हजुर हरु को सानो सहयोगले पनि मेरो छोरोसम्म पुग्न मद्दत गर्न सक्छ |
( सानु तिमी का छौ बाबु सम्पर्क मा आउ)