‘यति’को खोजीमा वैज्ञानिकहरू आजित भएको वेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्!नेपाल ट्रष्टका पदाधिकारहरूले‘यति’नहुने हो भने गोकर्ण फरेष्ट इ.गौचरन बन्ने ठोकुवा गरेछन्!उसो भए पूरै देश‘यति’कै ज़िम्मा लगाए भैगो!समृद्ध नेपाल बनाउने क्या ग़ज़ब काइदा!
ब्याङ्क सञ्चालकहरूले चाहे जति ब्याज लिइरहून्, ठूला व्यवसायीले लाखौँ कर छुट पाइरहून्, पहुँचवालाले कौडीको मूल्यमा सरकारी जग्गा भाडामा पाइरहून्। जाबो उखु किसानहरूले पाँच वर्षसम्म उखुको पैसा पाऊन् वा नपाऊन्, समाजवादी, साम्यवादी, ‘मधेशवादी’, हैदराबादी सर/म्यामहरूलाई के मतलब भयो र!
हो, म शारीरिक रुपमाा अपाङ्ग छु, व्हीलचेयरमा बस्छु। तर मेरो ज्ञानको दायरालाई मेरो अपाङ्गतासँग दाँज्नेहरू मानसिक रुपमा बिमार छन्, तिनलाई उपचारको खाँचो छ।
पोखराको फेवातालमा एक मधेसी मूलका नेपालीलाई भारतीय बुझेर टिकटको बढी पैसा मागियो, उहाँले आफु नेपाली भएको बताए, नेपालीमा वार्तालाप गर्न खोजे तर टिकट काउन्टरमा रहेका दाईले हिन्दीमा जावाव फर्काउँदै सोधे, "आप नेपाली हो इस्का प्रमाण क्या हे?" ती व्यक्ति टिकट नकिनी फर्के ।
अनि भाेलीकाे बिदामा :
के गर्न पाइने के गर्न नपाईने?
कहाँ जान हुने कहाँ नजान हुने?
खान, पिउन के हुने के नहुने?
कुन बेला हास्ने कुन बेला रुने?
झण्डा कसरी झुण्डाउने, दिपावली कसरी गर्ने?
बिदा राष्ट्र हितमा कसरी सदुपयोग गर्ने?
खै अहिलेसम्म सरकारकाे प्रवक्ताकाे उर्दी नै अाएन!!!