म भित्रको म
म केवल सास हुँ मनभित्रको
म केवल धड्कन हुँ मुटुभित्रको।
मस्तिष्कबाट प्रश्न उठ्छ साँच्चै को हुँ म
अनि हृदयले पनि भन्छ आफ्नै ढुकढुकी हुँ म।
ढुकढुकीको आवाजले भन्छ आफ्नो प्रतिबिम्ब हुँ म।
साँच्चै को हुँ म
सधैँ हाँसिरहने ओठले भन्छ हाँसो हुँ म।
रोहिरहने आँखाले भन्छ दूरदृष्टि हुँ म।
हुँ त केवल मन हु म।
मरुभूमिमा परेको पानीको थोपा हुँ म।
बिलिन भएर पनि अस्तित्व खोज्ने छायाँ हुँ म।
आफूभित्र उठेको प्रश्नहरूको छाल हुँ म।
साँच्चै समुद्रको जस्तो शान्त रहन सक्ने लहर हुँ म।
केवल म भित्रको म✍️
मधेसीका नाममा तराईलाई अलग्गै राज्य बनाउने सिके राउत अनि राजेन्द्र महतो जस्ताको उद्देश्य अन्तत ओलीले पूरा गरिदिएका छन् ।।यसको मतलब ओलीले देश बेचेका छन् ।।
जन्मदिनमा सर्वोच्च अदालतले माधव नेपाललाई पनि राम्रै उपहार दिएछ । केपी ओली अझै पनि एमालेका अध्यक्ष हुन् र प्रचण्ड अझै एमाओवादीका अध्यक्ष तर माधव नेपाल ?
जेष्ठ नागरिकको हैसियतमा आज कोरोना विरूद्धको खोप लगाउने अवसर प्राप्त भयो।बिश्वका करिव १०० देशले अझै खोप लगाउन शुरूनै नगरेको अवस्थामा नेपालमा जनस्तरमा खोप लगाउने कार्य हुनु निसन्देह खुसीको विषय हो।यस कार्यका निमित्त सहर्ष @kpsharmaoli नेतृत्वको सरकारलाई धेरै धेरै धन्यवाद